युएनआई एप्रोको महासचिवमा नेपाली नागरिक आचार्य निर्वाचित

नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १६:१:४२

११ मंसिर काठमाडौं । एसिया र प्रशान्त क्षेत्रका २० देशको सवैभन्दा ठूलो ट्रेड युनियन संगठन युएनआई एप्रोको महासचिवमा नेपाली नागरिक राजेन्द्रकुमार आचार्य निर्वाचित भएका छन् । लामो समयदेखि श्रमिकको हक अधिकारको क्षेत्रमा क्रियाशिल आचार्य युएनआई एप्रोको महासचिवमा पाँच बर्षका लागि निर्वाचित भएका हुन् ।
एसिया र प्रशान्त क्षेत्रका २० देशका ६ सय भन्दा बढी प्रतिनिधिहरु सम्मिलित क्षेत्रीय सम्मेलनले उनलाई महासचिवमा निर्वाचित गरेपछि एसिया र प्रशान्त क्षेत्रको श्रमिक अभियानमा नयाँ अध्याय सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । यो खबरसँगै नेपाल र नेपालीहरुले पनि खुशीयाली र गौरब महशुष गरेका छन् ।
विषेश गरेर श्रमिक अधिकारको क्षेत्रमा क्रियाशिल अगुवाहरुले महासचिवमा आचार्यको चयनलाई नेपालीको सक्षमता पुष्टी गर्ने अर्को महत्वपूर्ण अवसरको रुपमा लिइएको बताएका छन् । महासचिवमा नवनिर्वाचित आचार्यलाई बधाई दिन आयोजित कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले आचार्यको सफलता नेपाल र नेपालीको सफलतासँग जोडिएको बताए ।
नेपालीले पनि राम्रो गर्न सक्छन् भन्ने देखाउन पनि उनलाई नेपाल र नेपालीको तर्फबाट सहयोग हुनुपर्ने लामिछानेको भनाई छ । युनिमी नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित महासचिव आचार्यले नेपालको श्रमिक आन्दोलन प्रभावकारी र परिणाममुखी भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत हुन आफुलाई सजिलो र गौरब हुने बताए ।
नेपालमा कुल श्रमिक मध्ये ७ प्रतिशत मात्रै श्रमिक संगठनहरुमा आबद्ध रहनु सन्तोषजनक नभएकाले श्रमिक संगठनमा आबद्ध हुनेहरुको संख्या बढाउनु पर्नेमा उनले जोड दिए । विकसित देशमा श्रमिक संगठनमा आबद्ध हुनुलाई अनिवार्य र आधारभूत आवश्यकताको रुपमा लिइएपनि नेपालमा नकारात्मक रुपमा लिइने गरेको आचार्यले बताए ।
श्रमिक अधिकारको अभियानलाई श्रमिक र रोजगारदाताको समन्वयकर्ताको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा युनिमीका निवर्तमान अध्यक्ष राजकुमार थापा, अध्यक्ष गोविन्द धिताल, महासचिव जीवन भण्डारीलगायतले नेपालमा श्रमिकमैत्री कानुनहरु बनाउन तथा कार्यान्वयन गराउन र श्रमिक आन्दोलनलाई सकारात्मक अभियानको रुपमा विकास गर्न आचार्यको अन्तर्राष्ट्रिय व्यक्तित्वका कारण सजिलो हुने विश्वास व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
फागुन १२, २०८१ सोमबार
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार