प्रहरी बुलेटिन : लागूऔषधसहित ७ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १८:१३:१९
११ मंसिर काठमाडौं । सिरहाको भगवानपुर गाउँपालिका-५ स्थित लालपुर गमहरिया सडकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसी १५ वोतल, डाईजेल्याब १८ एम्पुल, प्रेमेथिन हाईड्राईड १८ पिस, नुर्फिन १९ एम्पुल र नाईट्राभेट ट्याब्लेट ३० पिस सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भगवानपुर गाउँपालिका-५ बस्ने २१ वर्षीय मुकेश कुमार यादब र २५ वर्षीय संजय कुमार यादब रहेका छन् । प्रहरी चौकी ठाँडीबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ३४७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, पर्सागढी नगरपालिका-३ कटहरियाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट १९ पिस, स्पास्मो ट्याबलेट ५६ पिस र कोरेक्श १ बोतल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय सुनिल सिंह र बारा जितपुर सिमरा उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय अभिशिष अधिकारी रहेका छन् ।अस्थायी प्रहरी पोष्ट बिरुवागुठ्ठीबाट खटिएको प्रहरीले प्रदेश ३-०२-११ प ८९०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
स्याङजा, पुतलीवजार नगरपालिका-१ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनरागन ४८ एम्पुल, नुर्फिन ४८ एम्पुल, डाईजेपाम ४७ एम्पुल र नगद ५ हाजर ३५ रुपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-२ बस्ने २७ वर्षीय अष्टमान लामा र स्याङजा पुतली वजार नगरपालिका-१ बस्ने ३० वर्षीया मिना थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९५२५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिवास नगरपालिका-१ स्थित बिपी राजमार्गबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्यब्लेट २ हजार ४० पिस, फेनारगन ३ सय एम्पुल, नुर्फिन २ सय ८८ एम्पुल र डाईजेपाम २ सय ९६ एम्पुल सहित सिरहा सखुवानकारकट्टीगाउँपालिका-५ बस्ने २० वर्षीय मोहम्मद सजिम अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक सहित पक्राउ
गुल्मीको मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्त बहादुर रानालाई भरुवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भक्त बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक लिई मार्छु भनि हिँडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ ३ गते राति सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा त्रियुगा नगरपालिका-१० बस्ने ३६ वर्षीय सिध्दान्त राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये राईलाई त्रियुगा नगरपालिका-१२ बाट फेला पारी पक्राउ गरेको हो ।
४७ जना फरार प्रतिवादीहरु पक्राउ
मोरङमा विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । ती मध्ये चोरी, लागूऔषध, अंशचलन, सार्वजनीक अपराध, जुवा तथा लुटपाट लगायतका अपराधमा जिल्ला अदालत मोरङबाट कैद तथा जरिवाना सजाय तोकी हालसम्म फरार रहेका ४६ जना प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साथै जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत मोरङको २०७५ पुस २६ गतेको फैसलाले २ बर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी केराबारी गाउँपालिका-९ बस्ने २५ वर्षीय तिल बहादुर श्रेष्ठलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
दाङ, गुल्मी, म्याग्दी र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दाङ, बंगलाचुली गाउँपालिका-६ बचेनीस्थित सडकमा घोराहीदेखी प्युठानको ढिकावाङतर्फ जाँदै गरेको ना.३ ख ६५४२ नम्बरको बस सडकदेखी अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार प्युठान माण्डवि गाउँपालिका-२ बस्ने १६ वर्षीया नेहा ओलीको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
गुल्मी, सत्यवती गाउँपालिका-३ ठुलो लुम्पेकस्थित सडकमा लु.१ ज २७८४ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा जिपमा सवार सत्यवती गाउँपालिका.२ थुम्का बस्ने ६८ वर्षीया ललिती देवी सिंजालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
म्याग्दी, बेनी नगरपालिका-६ स्थित सडकमा ध.१ च २३५ नम्बरको बोलेरो जिप र ध.१ प ३५४९ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक-आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रघुगंगा गाउँपालिका-६ पाखापानी बस्ने २३ वर्षीय सन्तोष थजालीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, कोहलपुर नगरपालिका-८ बाबानगरस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ बस्ने खेमराज दाहालको घरबाट नगद तथा सुनका बिभिन्न गर-गहना समेत गरी करिब २ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागी परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट
कैलाली, धनगढी उपमहानगरपालिका-७ बस्ने ७४ वर्षीय सुवधरा सिंहको आगलागीमा परी मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर आगनमा आगो बाली तापीरहेको अवस्थामा शरिरमा आगो सल्कीन गई गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बशन्तटोल बस्ने बारा घर भएकी ३५ वर्षीया ज्ञानु सार्कीको जस्ताको टहरामा मंगलबार साँझ आगलागी हुँदा नगद, लत्ताकपडा, अन्नपात भाँडावर्तन लगायतका सामान जलेर करिब ३ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-२ स्थित पाथिभरा स्टिल उद्योगको कोइला प्लाइजर मेसिनमा मंगलबार राति आगलागी हुँदा उक्त उद्योगमा रहेको ४ थान डिसी मोटर र १० टन कोइला जलेर करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार