मेगा बैंक निक्षेप संकलनमा सुस्त, खराब कर्जा बढ्यो ! हेरौं कम्पनी विश्लेषण
आर्थिक संवाददाता
मंसिर ११, २०७६ बिहिबार ०:५४:६
११ मंसिर, काठमाडाैं । मेगा बैंकले केही समय अघि मात्र आर्थिक वर्ष ०७५/७६ को वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । बैंकले साधारण सभाबाट ११ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले नगद लाभांशलाई जोड दिएपनि कम्पनीले रास्ट्रिय स्तरको विकास बैंक गण्डकी विकास बैंकलाई आफुमा गाभ्ने प्रक्रियामा रहेको छ । यसै संगै गण्डकी विकास बैंकको दोश्रो बजारमा शेयर कारोवार रोकिएको छ ।
कम्पनीको लाभांशको इतिहास:
कम्पनीले आर्थिक वर्ष ०७५/७६को मुनाफाबाट ११ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । गत वर्ष १ प्रतिशत बोनस शेयर र ६ दशमलव ८५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
हेरौ कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
प्रथम त्रैमास कस्तो आयो ?
मेगा बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद मुनाफा सामान्य ८ प्रतिशतले मात्र वृद्धि भएको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा १४ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ५ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ९२ करोड ८१ लाख खुद व्याज आम्दानी गरेको थियो ।
खुद मुनाफामा सामान्य वृद्धि :
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ४५ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ४३ करोड ७४ लाख खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा ८ प्रतिशतको वृद्धि देखिएको छ ।
प्रतिशेयर आम्दानीमा वृद्धि:
पुँजी वृद्धि नभएको र खुद मुनाफामा ८ प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रतिशेयर आम्दानी पनि ८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी १६ रुपैंया ८४ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैंया ५८ पैसा थियो ।
जगेडा कोष घट्यो, संचित मुनाफा बढ्दै :
कम्पनीको जगेडा कोष घटेको छ । अहिले जगेडा कोषमा जम्मा १ अर्ब ८५ करोड रकम पुगेको छ । संचित मुनाफा भने ३६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ६५ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन ।
निक्षेप र कर्जा प्रवाहमा सुस्त:
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन २ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह पनि २ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ अर्ब ८९ करोड निक्षेप संकलन गरी ७१ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जा विस्तारमा बैंक अत्यन्त सुस्त रहेको प्रस्ट देखिन्छ।
खराब कर्जा बढ्यो :
गत वर्ष प्रथम त्रैमासमा १ दशमलव ०८ प्रतिशत रहेको खराब कर्जा अहिले भने १ दशमलव ४२ प्रतिशत पुगेकाे छ।
आधार व्याजदर दोहोरो अंकमा :
कम्पनीले आधार व्याजदर घटाउन सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर १० दशमलव १९ प्रतिशत रहेको छ । आधार व्याजदर दोहोर अंकमा हुनुले बैंकले महँगोमा कर्जा प्रवाह गर्ने छ भनेर प्रस्ट हुन्छ।
वितरणयोग्य मुनाफा:
कम्पनीको प्रथम त्रैमाससम्म वितरणयोग्य मुनाफा जम्मा ३२ करोड ५६ लाख रहेको छ ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात ११ गुणा:
कम्पनीको मंसिर १० गतेको बजार मूल्य १८३ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १० दशमलव ८६ गुणा आउँछ । कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीलाई आधार मान्दा कम्पनी “अण्डर भ्यालुड” जोनमा रहेको देखिन्छ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८४ पैसा र किताबी मूल्य १३३ रुपैयाँ ८४ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २२५ रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य १८३ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा थोरैमा कारोवार भएको छ । कम्पनीको मंसिर १० गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा ४२ रुपैयाँ सस्तो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव ३७ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालुड” क्षेत्रमा देखिन्छ ।
शेयर मूल्य ५२ हप्ताको न्यून र उच्च विन्दुको बिचमा :
कम्पनीको ५२ हप्ताको उच्च विन्दु २१७ रुपैयाँ प्रतिकित्ता रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु प्रति कित्ता १५६ रुपैयाँ रहेको छ । कम्पनीको अहिलेको बजार मूल्य १८३ रुपैयाँ छ ।
कम्पनीको बजार मूल्य १८० दिनको औसत भन्दा पनि थोरै:
कम्पनीको १८० दिनको औसत बजार मूल्य १९९ रुपैया रहेकोमा दोश्रो बजारमा कम्पनीको शेयर मूल्य त्यो भन्दा पनि थोरैमा कारोवार भएको देखिन्छ ।
निस्कर्ष :
कम्पनी निक्षेप संकलन र कर्जा प्रवाहमा त्यति आक्रामक रुपमा प्रस्तुत हुन सकेको छैन । निक्षेप र कर्जा प्रवाहलाई आक्रामक रुपमा अघि लग्नु बैंकलाई चुनौती थपिएको छ । खराब कर्जामा वृद्धि भएको छ । गण्डकी विकास बैंकलाई प्राप्ति गरे पश्चात भने बैंकलाई शाखा संजालमा केही सहयोग पुग्ने देखिन्छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार