प्रारम्भिक बालविकासका लागी बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १८:२६:४२
११ मंसिर जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानून बनाइने पक्षमा आफु रहेको बताएका छन् ।
प्रारम्भीक बालविकासको लागि प्रदेश सभा सदस्यहरुको समन्वय समूहले साेमबार जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागी संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बताए ।
उनले मुलुकको भविष्य भविष्यको कर्णाधार हुने बालबालिकाको विकासको क्रम आमाको गर्भ बाटै शुरु हुने भएकाले उनिहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानून मार्फत स्थापित गर्नु पर्ने उल्लेख गरे ।
मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।
साथै प्रदेशमा संचालनमा रहेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमकै तर्जमा बालविकासको लागि छुट्टै अभियान चलाउनु पर्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस अभियानका लागि प्रदेश सरकार हर समय तत्पर रहने बताए ।
समन्वय समूहका संयोजक एवं प्रदेश सभा सदस्य गोविन्द न्यौपानेको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा प्रतिनिधि सभा सदस्य सत्या पहाडी, एकबाल मियाँ, सरिता गिरी यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, बाबु लाल साह , विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार