आज अन्तिम समयसम्म पनि खरिदकर्ता आक्रामक, कारोवारले भने दिएन साथ (प्राविधिक विश्लेषण सहित)
आर्थिक संवाददाता
मंसिर ११, २०७६ बुधबार २२:२३:२
११ मंसिर, काठमाडाैं । आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले बढेको छ। आज नेप्से परिसूचकमा शुन्य दशमलव ७५ प्रतिशतको वृद्धि देखिएको हाे । नेप्से परिसूचक १११७ दशमलव ४६ को बिन्दुमा बन्द भएको छ ।
दिनभरमा २१ करोड २३ लाख बराबरको शेयर किनबेच भएको छ । १६५ कम्पनीका ७ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको थियाे ।
विभिन्न समयमा नेप्से परिसूचक :
आज नेप्से परिसूचक अन्तिम समयमा १११७ दशमलव ४६ को बिन्दुमा बन्द भएको थियो । यसलाई प्राविधिक भाषामा “ईण्ट्राडे हाई” भनिन्छ । इण्ट्राडे हाई हुँदा अन्तिम समयसम्म पनि शेयर खरिद गर्ने खरिदकर्ता नै आक्रामक भएको देखिन्छ । यस्तो प्रवृत्तिलाई सकारात्मक प्रवृत्ति मानिएपनि “इण्ट्राडे हाई”लाई कारोवार रकमले साथ दिनु पर्नेमा त्यो भने हुन सकेन । बजार ११ बजेर ३७ मिनेटमा सबै भन्दा न्यून ११०८ दशमलव ०२ को बिन्दुमा पुगेको थियो ।
हेरौं आज सर्वाधिक कारोवार हुने कम्पनीहरु :
हेरौं सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११२१ टेवा : ११००
- आज नेप्सेमा खरिदकर्ताको चाप रहेको छ । कारोबार भने घटेको छ । अन्तिम दिनको मैनबत्ती चित्रले “बुलिस मारुबोजु” आकृति बनाएको छ। यसले केहि समयको लागि बजारमा खरिदकर्ताको चाप हुन सक्ने संकेत गर्दछ ।
- “आरएसआई” अझै पनि “न्यूट्रल जोन”भन्दा तल रहेको छ । आरएसआई २९ दशमलब ४१ बिन्दुमा छ ।
- “एडीएक्स”ले केहि समय अघिदेखि आपूर्ति हावी रहेकोमा हाल कमजोर हुँदै गएको संकेत गरेको छ ।
- जोड र बेजोड डाइरेक्सनल इन्डेक्स केहि मात्रामा नजिकिएकोले बजारमा माग बढ्न थालेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम”ले हालसम्म बजारमा माग बढ्न थालेको संकेत गरेको देखिन्छ । नेप्से बढेमा पहिलो प्रतिरोध ११२१ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११०० मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार