चार महिनाभित्र पुर्निमाणको काम सक्ने तयारी
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार १४:३५:२५
मिना कंडेल
१२ मंसिर, नवलपुर । भुकम्पबाट प्रभाबित नवलपरासी पुर्व र पश्चिममा ९१ प्रतिशत नीजि संरचना निर्माण भएको छ । चार महिना भित्र नीजि पुर्नसंरचनाको पुर्निर्माणको काम सबै सक्ने जनाईएको छ ।
वि.सं २०७२ बैशाख १२ को बिनाशकारी भुकम्पका कारण पुर्वी र पश्चिम नवलपरासीमा ८७२ घर पुर्ण रुपमा क्षति भएका थिए भने २०८ वटा विद्यालयका ५१३ कक्षा कोठा पुर्ण रुपमा क्षति भएका थिए । अहिले सम्म ९१ प्रतिशत नीजि घरहरु निर्माण सम्पन्न भैसकेको ८० प्रतिशत सेबाग्राहीले तेश्रो किस्ता समेत लगिसकेका र बाँकीले पनि यो महिनासम्म अन्तिम किस्ता लगिसक्ने प्रमुख कार्कीले बताए ।
प्राधिकरणले नीजि घरका लागि यो बर्ष तीन करोड निकाशा दिएको छ भने अहिलेसम्म एक करोड ५० लाख खर्च भएको र बाँकी पनि खर्च हुने गरि पुर्ननिर्माण को काम भैरहेको कार्कीले बताए । विद्यालयको कक्षा कोठा निर्माणका लागि १२ करोड ६० हजार निकाशा दिएको जिल्ला आयोजना कार्यान्बयन ईकाईले जनाएको छ । यो वर्ष भूक्तानी हुनु पर्ने चार करोड अझै अपुग रहेको छ ।
पुर्व र पश्चिम दुबै जिल्लामा २०८ विद्यालयका ५१३ कक्षा कोठा पुर्ण रुपमा भुकम्पका कारण क्षति भएका ३५ बिद्यालयका १०८ कक्षा कोठा हरु निर्माण भैरहेका र अझै ३५० कक्षा कोठा निर्माण गर्न बाँकी रहेको बताइएको छ । पुर्व र पश्चिम नवलपरासीमा हाल कावासोतीमा रहेको आयोजना ईकाईबाटै दुबै जिल्लाको काम भैरहेको छ ।
सात नगरपालिकामा ३०९ नीजि घर क्षतिग्रस्त भएकोमा तीन सय घरको निर्माण सम्पन्न भैसकेको र बाँकी घरहरु चैत्र मसान्त भित्र सम्पन्न भैसक्ने र आठ गाउँपालिकामा ५५४ घर पुर्ण रुपमा क्षति भएकामा पाँच सय को निर्माण सम्पन्न भैसकेको र अरु पनि सम्पन्न हुने चरणमा रहेको आयोजना प्रमुख कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार