अस्मिता पाउरोटी उद्योगमा शिलबन्दी
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार १४:४८:५९
१२ मंसिर, भद्रपुर । खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि अस्मिता पाउरोटी उद्योगलाई शिलबन्दी गरेको हो ।
टोलीले मेचीनगरमा रहेका आधा दर्जन बेकरी उद्योगमा अनुगमन गरेको थियो । मेचीनगर–१० मा रहेको अस्मिता पाउरोटी उद्योगले नेपाल सरकारले तोकेको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डलाई चरम बेवास्ता गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका कारण कारवाहीस्वरुप मेसिनमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले जानकारी दिए ।
टोलीले अनुगमन गर्दा अधिकांश उद्योग सफा सुग्घर नभएको, भाँडाकुँडा जथाभावी राखिएको, खानेकुराको स्वच्छतामा ध्यान नदिएको, मूल्यसूची नराखिएको र कामदारहरुले सरसफाइमा ध्यान नदिएको पाइएको अनुगमनमा संलग्न मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिए।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर र घरेलु तथा साना उद्योग कार्यालय झापा, मेचीनगर नगरपालिका कार्यालयको प्रतिनिधिहरुको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार