सुविधा र फाइदा अधिक भएका मुक्तिनाथ विकास बैंकको दुई नयाँ खाता संचालनमा
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार १५:३३:५९
१२ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ-संस्था, विभिन्न व्यापार-व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ-संस्था तथा विषयगत सहकारी संघ-संस्था लगायत अन्य संघ-संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात रु १,०००/– मा कुनैपनि माथि उल्लेखित संघ-संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ-संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।
साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात रु १००/– मा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमाको सुविधा मुख्य विशेषताका रुपमा प्रदान गरिएको छ । यसका साथै, कुनै पनि संघ-संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा प्रदान गरिनेछ ।
यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क VISA Debit Card प्रदान गरिनेछ ।
यस योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ-संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
जेठ १६, २०८१ बुधबार
भारतको मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
जेठ १६, २०८१ बुधबार
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
जेठ १६, २०८१ बुधबार
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
जेठ १६, २०८१ बुधबार