टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार १७:१७:३९
१० मंसिर, काठमाडौं । टिभिएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको देशकै एक विशाल साँगीतिक कार्यक्रम टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ ले सातवटै प्रदेशमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको अन्तर्राष्ट्रिय बजारमा अत्याधिक लोकप्रिय अपाचे आरटिआरले देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सुसम्पन्न भएको छ ।
भिजिट नेपाल २०२० लाई लक्षित गरी यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
सोही टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक माहौल बीच युवा वर्ग माझ अत्यन्त कौतुहल रहेको टिभिएस अपाचे आरटिआर १६०२ख् रेस इदिसन दबल दिस्कको पनि सातवटै प्रदेशमा कार्यक्रममा सहभागी कलाकारहरु द्धारा सार्वजनिक गरिएको थियो ।
टिभिएस मोटर कम्पनीको लोकप्रिय टिभिएस अपाचे सिरिज अन्तर्गत रहेको अपाचे आरटिआर १६० २ख् रेस इदिसन दबल दिस्कको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । साथै यसको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक÷किक स्टार्ट गर्न सकिने विशेषतायुक्त छ । यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको यो अपाचे आरटिआर यो बाइक हाँक्दा थप आनन्दको अनुभूती प्राप्त हुनेछ ।
टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक वातावरणमा झुम्न भेला भएका दर्शकहरुका सामू अपाचे आरटिआर १६० २ख् रेस इदिसन दबल दिस्क मोटरसाईकल सार्वजनिक गर्न पाउनु एक विशेष अवसर भएको बताउँदै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भनेः– नेपाली गीत संगीत र अन्य रमाइलो कार्यक्रमहरुको मज्जा उठाउन आउनु भएका दर्शकहरुले हाम्रो नयाँ मोटरसाईकल प्रति जुन उत्सुकता व्यक्त गर्नु भएको छ, र देशका उत्कृष्ट कलाकारहरु द्धारा अपाचे आरटिआर १६०२ख् रेस इदिसन दबल दिस्कसार्वजनिक गर्ने अवसर प्राप्त भयो ।
त्यसबाट हामी सातवटै प्रदेशमा उत्साहित भएका छौं । हामीलाई विश्वास भएको छ कि सप्तरङ्ग सिजन २ कार्यक्रम जसरी सफलता पूर्वक सम्पन्न भएको छ, त्यसरी नै अपाचे आरटिआर सिरिजले पनि एक नयाँ रेकर्ड कायम गर्नेछ । आजका युवा पुस्ताहरुको रुचीलाई मध्यनजर राखेर निर्माण गरिएको यो अत्याधुनिक मोटर साइकलमा सवार गरेर युवाहरु थप रोमाञ्चित हुनेछन् । १ नं प्रदेशको विर्तामोडबाट आरम्भ भएको यो कार्यक्रम वीरगन्ज, चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, हुँदै अन्तिममा ४ नं प्रदेशको पोखरामा आई समाप्त भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले चौतर्फी आलोचना भएपछि आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार