बजारमा पुन: बिक्री चाप आयो, के देखायो आजको बजारले ? (प्राविधिक विश्लेषणसहित)
आर्थिक संवाददाता
मंसिर १२, २०७६ बिहिबार २२:२३:९
९ मंसिर, काठमाडाैं । आज अन्तिम कारोवार दिन बजारमा बिक्रीकर्ताको चाप देखिएको छ । बजार आज ४ दशमलव ६७ ले घट्दै १११२ दशमलव ७९ को बिन्दुमा बन्द भएको छ । कारोवार रकम भने हिजो भन्दा आज वृद्धि हुँदै २४ करोड ३३ लाख पुगेको छ ।
हिजो बजार “ईण्ट्राडे हाई”मा बन्द भएको प्रवाह आज सुरुवाती समयमा देखिएको थियो । आज ११ बजेर २१ मिनेटमा बजारले १११९ दशमलव ६३ को उच्च बिन्दुसम्म पुगेको थियो तर त्यसपछि भने बजार निरन्तर घटेको थियो ।
बजारको अन्तिम बिन्दु र न्यून बिन्दु १११२ दशमलव ७९ को बिन्दु रहेकोले आज बजारले सकारात्मक प्रवृत्ति देखाउन सकेको छैन । अर्को कारोवार दिन सुरुवाती समयमा बजारमा बिक्री चाप आउने सम्भावना देखिन्छ ।
आज ४ कम्पनीको एक करोड माथिको शेयर कारोवार भएको छ । हिमालयन डिस्टिलरीको सर्वाधिक ३ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ भने दोश्रोमा एनएमबी बैंकको १ करोड ६० लाख बराबराको शेयर किनबेच भएको छ ।
सर्वाधिक कमाउने र गुमाउने ५ कम्पनीहरु :
प्राविधिक विश्लेषण :
प्रतिरोध : ११२० टेवा : ११००
- आज नेप्सेमा बिक्रीकर्ताको चाप रहेको छ । कारोबार भने हिजोभन्दा बढेको छ । अन्तिम दिनको मैनबत्तीले खरिदकर्ता कमजोर रहेको जनाएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” अझै पनि “न्यूट्रल जोन” भन्दा तल रहेको छ । आरएसआई ३५ दशमलब ६२ बिन्दुमा छ । यसले बजार बढ्न केही संघर्ष गर्नुपर्ने देखाउँछ ।
- “एडिएक्स” ले केहि समय अघिदेखि आपूर्ति हावी रहेकोमा हाल कमजोर हुँदै गएको संकेत गरेको छ ।
- जोड र बेजोड डाइरेक्सनल इन्डेक्स केहि मात्रामा नजिकिएकोले बजारमा माग बढ्न थालेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” हाल प्रभावकारी देखिदैन ।
- नेप्से बढेमा प्रतिरोध ११२० मा पाउने देखिन्छ र घटेमा मुख्य टेवा ११०० मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार