साग खेलको टिकट अनलाइनबाटै
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १२:३५:५
१३ मंसिर काठमाडौं । नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।
दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरीद गर्न सकिने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
दर्शकले sag.esewa.com.np मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरीद गर्न सक्नेछन् । टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ ।
हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्युआर कोड रहनेछ । दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट ‘रियल टाइम’ मै ‘भेरिफाइ’ हुने र परिचयपत्र देखाएपछि दर्शकले प्रवेश पाउने छन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने जनाइएको छ ।
यस्तै यसपटक फुटबल प्रतियोगितामा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाइलबाट टिकट खरीद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिले नजिकैको साइबर, स्टेशनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गई अनलाइन टिकट खरीद गर्न सकिनेछ ।
यसअघि पनि इसेवाले आइसिसी, एन्फाअन्तरगत विभिन्न अन्तर्राष्ट्रिय खेलको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । सन् २००९ बाट सञ्चालन रहेको इसेवाको २५ लाख ग्राहक रहेको विज्ञप्तिमा उल्लेख छ ।¬¬
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार