साग : भारतलाई जित्नै पर्ने दाउमा नेपाल
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १३:४८:४०
१३ मंसिर काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज ‘शुक्रबार’ भारतसंग खेल्दैछ ।
नेपालको पुरुष भलिबल टिमले समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो ।
नेपाललाई सेमिफाईनलको आश जिवित राख्न भारतलाई जित्नै पर्ने दबाब छ । तर खेल नेपाललाई सजिलो भने हुने छैन । नेपाली टिम यसअघि भारतसंग पराजित हुदै आएको छ ।
सागको तयारीका लागि भारतमा गएको नेपाली टिमले भारतको राष्ट्रिय भलिबल टिमसंग तीन मैत्रीपूर्ण म्याच खेलेको थियो । तर नेपाली टिम तीनै वटा खेलमा सोझो सेटमा पराजित भएको थियो । नेपालले १० सेटमा मात्र एक सेटमा जित निकालेको थियो ।
नेपालले १३ औ सागमा पदकको आश राखेको थियो । तर पहिलो खेलमै बंगलादेशसंग पराजित भएपछि नेपालको पदक सम्भावना पातलो बनेको छ । साग खेलकुदमा पुरुष भलिबल पदक विहिन छ ।
भारत सागको पुरुष भलिबलमा पहिलो खेल खेल्दैछ । महिला टिमले बिहिबार नेपाललाई सोझो सेटमा हराएको थियो । आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार