ठेकेदारको लापरवाहीले बेनी अस्पतालको भवन अलपत्र
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १६:३:५०
१३ मंसिर म्याग्दी । तोकिएअनुसारको काम गरेको भए बेनी अस्पतालको भवन बनिसक्थ्यो । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरवाहीका कारण भवन बनिसक्नुपर्ने समयमा आधा पनि प्रगति हुन नसकेको हो ।
गत असारदेखि कार्यक्षेत्र छोडेका मजदूर र निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन् । तीनतले ५० श्ययाको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो ।
भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ” अध्यक्ष कटुवालले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।”
नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी, आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । १५ श्यया क्षमताको अस्पताल २०७२ मा पचास श्ययामा स्तरोन्नति भएको थियो ।
तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङ्सिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सङ्घीयता कार्यान्वयनपछि शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीलाई गत वर्ष आयोजना हस्तान्तरण भएको थियो ।
रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले रु ५ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का लिएको थियो । २०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । एक वटा ब्लक भवनको दोस्रो तला ढलान भएको छ । दुई वटाको दोस्रो तला ढलानका लागि सेटिङ गरेर छोडिएको छ ।
भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, दोस्रोतलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।पटकपटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए ।
ठेकेदार कम्पनीका प्रतिनिधि रवीन जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको बताए । “साइट किलियर नहुँदा एक वर्ष ढिला भयो, पछि हाम्रै आन्तरिक कारणले ढिलाइ भएको हो”, जोशीले भने, “आन्तरिक समस्या समाधान भइसक्यो । अब एक हप्ताभित्रै मजदूर र निर्माण सामग्री लिएर भवन निर्माणको काम अघि बढाउन आउँदैछु ।”
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख झपट थापाले बेनी अस्पतालको भवन निर्माणलाई गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिएको बताए । एक वर्षभन्दा बढी समय म्याद थप गर्न नमिल्ने नीतिगत व्यवस्था छ ।
तत्कालै सन्तोषजनकरुपमा काम अघि नबढाए ठेक्काको म्याद थप नगर्ने चेतावनी दिएको उनले बताए । “ठेकेदारलाई बोलाएर मौखिकरुपमा काम नगरे ठेक्का तोड्ने चेतावनी दिएका छौँ”, थापाले भने, “अब उसले काम अघि बढाउनुको विकल्प छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार