सेञ्चुरी बैंककाे खुद मुनाफामा ३५ % काे आकर्षक बृद्धि, जगेडा कोष र संचित मुनाफा दुवै बढ्यो
आर्थिक संवाददाता
मंसिर १३, २०७६ शनिबार १:५२:४७
१३ मंसिर, काठमाडाैं । अधिकांश वाणिज्य बैंकले आर्थिक वर्ष ०७५/७६ को लाभांश प्रस्ताव गरेकोमा सेञ्चुरी कमर्सियल बैंकले भने आर्थिक वर्ष ०७५/७६ को लाभांश प्रस्ताव गरिसकेकाे छैन ।
कम्पनीको लाभांश इतिहास:
आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले २ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा आर्थिक वर्ष ०७३/७४ मा कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
हेरौं कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
प्रथम त्रैमासमा नाफा बढाउन सफल :
सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रथम त्रैमासमा खुद मुनाफा ३५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा ११ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड १ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७८ करोड ४ लाख खुद व्याज आम्दानी गरेको छ । यसरी प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा वृद्धि गर्नु सकारात्मक रुपमा लिन सकिन्छ ।
खुद मुनाफामा आकर्षक बृद्धि :
संचालन मुनाफामा वृद्धि देखिए संगै कम्पनीको खुद मुनाफा पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ४० लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ३७ करोड ८ लाख खुद मुनाफा गरेको छ । यसरी बैंकले खुद मुनाफामा ३५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
प्रतिशेयर आम्दानीमा १७ रुपैयाँ माथि :
खुद मुनाफा बढे संगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैंया ६३ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैंया ०२ पैसा थियो । प्रतिशेयर आम्दानीमा पनि ३५ प्रतिशतको वृद्धि देखिएको छ ।
जगेडा कोष ,संचित मुनाफा दुवै बढ्यो :
कम्पनीको जगेडा कोष सामान्य १६ प्रतिशतले वृद्धि भएको छ । अहिले जगेडा कोषमा १ अर्ब २८ करोड रकम रहेको छ । संचित मुनाफा भने ६२ प्रतिशतले वृद्धि हुँदै ४७ करोड ८ लाख पुगेको छ । शेयर प्रिमियम शिर्षकमा ३ करोड ४३ लाख रुपैया रकम छ ।
निक्षेप र कर्जा प्रवाहमा सुस्त:
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन २ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह ३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६१ अर्ब २४ करोड निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जा विस्तारमा बैंक अत्यन्त सुस्त रहेको प्रस्ट देखिन्छ ।
खराब कर्जा निकै बढ्यो :
गत वर्ष प्रथम त्रैमासमा ० दशमलव ८२ प्रतिशत रहेको खराब कर्जा अहिले भने २ दशमलव ४७ प्रतिशत रहेको छ । यसरी यति धेरै प्रतिशतले खराब कर्जा वृद्धि हुनुले यसलाई सकारात्मक मानिदैन ।
आधार व्याजदर घट्यो :
कम्पनीले आधार व्याजदर घटाउन सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर १० दशमलव ४५ प्रतिशत रहेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको प्रथम त्रैमाससम्म वितरणयोग्य मुनाफा जम्मा १८ करोड ७ लाख रहेको छ ।
मूल्य आम्दानी अनुपात ९ गुणा:
कम्पनीको मंसिर १२ गतेको बजार मूल्य १५९ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ९ दशमलव ०२ गुणा आउँछ । कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीलाई आधार मान्दा कम्पनी “अण्डर भ्यालुड” जोनमा रहेको देखिन्छ। ९ गुणा मूल्य आम्दानी अनुपात र कम्पनीले आर्थिक वर्ष ०७५/७६ को लाभांश प्रस्ताव अझै नगरेकोले कम्पनीको शेयर मूल्य “अण्डर भ्यालुड” क्षेत्रमा रहेको छ भन्दा फरक पर्दैन।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६३ पैसा र किताबी मूल्य १२१ रुपैयाँ २९ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २१९ रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य १५९ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा निकै थोरैमा कारोवार भएको छ । वास्तविक मूल्य भन्दा कम्पनीको बजार मूल्य ६० रुपैयाँ सस्तो छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव ३१ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो सुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालूड” क्षेत्रमा देखिन्छ ।
शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमा:
कम्पनीको ५२ हप्ताको उच्च विन्दु १८२ रुपैयाँ प्रतिकित्ता रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु प्रति कित्ता १५२ रुपैयाँ रहेको छ । कम्पनीको अहिलेको बजार मूल्य १५९ रुपैया रहेकोमा कम्पनीको शेयर मूल्य ५२ हप्ताको न्यून बिन्दु क्षेत्रमा प्रस्ट देखिन्छ ।
कम्पनीको बजार मूल्य १८० दिनको औसत भन्दा पनि थोरै:
कम्पनीको १८० दिनको औसत बजार मूल्य १६३ रुपैया रहेकोमा दोश्रो बजारमा कम्पनीको शेयर मूल्य त्यो भन्दा पनि थोरैमा कारोवार भएको देखिन्छ ।
सीसीडी अनुपातले समस्या आउँन सक्ने :
प्रथम त्रैमासको रिपोर्ट अनुसार प्रकाशित सीसीडी अनुपात ७९ दशमलव २१ रहेको छ । यसको अर्थ अब बैंकलाई कर्जा प्रवाह गर्ने रकम कमकम हुँदै गएको प्रस्ट देखिन्छ । निक्षेप संकलनमा आक्रामक रणनीति अपनाउनु पर्ने देखिन्छ ।
दोश्रो बजारमा शेयर मुल्यको अवस्था :
निस्कर्ष :
कम्पनीले प्रथम त्रैमासमा खुद मुनाफामा आकर्षक वृद्धि गर्न सफल भएको छ जसलाई सकारात्मक प्रवृत्तिको रुपमा लिन सकिन्छ । खराब कर्जामा निकै ठुलो वृद्धि देखिएको छ, खराब कर्जालाई घटाउन बैंकलाई एउटा प्रमुख चुनौती रहेको छ ।
सीसीडी अनुपात टाईट हुँदा कम्पनीलाई आगामी दिनमा थप समस्या पर्ने देखिन्छ ।
निक्षेप संकलनमा बैंक आक्रामक रुपमा अघि बढ्नु पर्ने देखिन्छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार