प्रधानमन्त्री ओली खतरामुक्त
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १८:२३:१७
१३ मंसिर काठमाडौं । एपेन्डिसाटिसको शल्यक्रिया गरेर थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आएको सुधारलाई चिकित्सकहरुले सकारात्मक संकेत भनेका छन् ।
गत मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको शल्यक्रियापछि उत्पन्न अन्योल विस्तारै समाप्त भएको बुझाई उपचारमा संलग्न चिकित्सकहरुको रहेको छ । शल्यक्रिया गरेको पर्सिपल्ट अर्थात हिजो विहिबारदेखि नै प्रधानमन्त्रीको स्वास्थमा अपेक्षाकृत सुधार भएकोमा चिकित्सकहरुले सन्तोष प्रकट गरेका छन् ।
आज विहान अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले अब प्रधानमन्त्री खतरामुक्त रहेको बताए । प्रधानमन्त्रीका निजी चिकित्सकका रुपमा कृयाशील डा. दिव्यासिंह शाहले अब विस्तारै काम गर्न ओली सक्षम हुने बताइन् ।
साथै प्रधानमन्त्रीको मृगौलाको डाइलासिस पनि नियमित रुपमा गर्न मिल्ने जानकारीसमेत उनले दिइन् । डा. शाहका अनुसार केही समयपछि प्रधानमन्त्रीको दोस्रो पटक मृगौलाको प्रत्यारोपण गर्ने तयारी भइरहेको छ ।
यही रुपमा सुधार भयो भने केही समयपछि नै हामी प्रधानमन्त्रीको ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न सक्ने छौ ।
प्रधानमन्त्री ओलीले सामान्य खाना खाने र हिंडडुल गर्न सक्ने उनले बताइन् । यस्तै अर्का चिकित्सक डा. अरुण सायमीका अनुसार अब एक साताको आरामपछि प्रधानमन्त्री पहिले जस्तै काममा फर्कन सक्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तर सम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार