नेपाली बियर बजारमा आजबाट नयाँ ब्राण्ड बिक्रीहुँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार २०:४:५
१३ मंसिर, काठमाडौं । राज ब्रुअरी प्रालिले आजदेखि नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री सुरुवात गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर हो, जुन अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित छ र अन्ततः पुनस्फूर्ति प्रदान गर्दछ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको छ । फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालसालै नेपालमा ल्याईएको थियो ।
फोस्टर्स लागर बियरको उत्पादन एक अद्भूत प्रक्रियाका साथ हुन्छ जसमा वरफले बियरलाई झण्डै शुन्य डिग्री तापक्रममा छान्ने गर्छ । फोस्टर्स वर्षैभरी पुनस्फुर्तिका लागि एकदम सही बियर हो ।
यस वर्षको प्रारम्भमा नै राज ब्रुअरीले विश्व प्रसिद्ध बियर निर्माता एबि इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा एक विशेष साझेदार सम्बन्धि सम्झौता सम्पन्न भएको थियो । राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो ।
राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरु पर्दछन् ।
ल्यूभेन, बेल्जियममा विश्वव्यापी प्रधान कार्यालय रहेको एबि इनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ र ५०० भन्दा ज्यादा ख्यातिप्राप्त बडवेएजर,बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमा जस्ता ब्राण्डहरुको विविधतापूर्ण स्वादहरु उपलब्ध गराउने गर्दछ । यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन पनि हुन् ।
राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाएका छन् । अब, चाँडै नै नेपालले यहीं नै उत्पादित बडवेएजर, बडवेएजर म्याग्नम र फोस्टर्स गोल्ड साथसाथै एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरुबाट आयात गरिएका कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन सक्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार