उपनिर्वाचन र सागमा खटिने सबै प्रहरीले विशेष क्षमता निकालेर काम गर्नुपर्छ : आईजीपी सर्वेन्द्र खनाल
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार २१:११:४४
१३ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता तथा उपनिर्वाचन समेत हुन गइरहेको विशेष अवस्थामा प्रहरी अधिकृत तथा जवानहरुले पूर्ण निर्भिकताकासाथ अझै उत्कृष्ट सेवा प्रदान गर्दै आफ्नो कार्यकौशलता प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तथा केही स्थानमा सम्पन्न हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन एवं समसामयिक विषयमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्दै आएको नेपाल प्रहरी कुनै पनि चुनौतिको सामना गर्न सक्षम रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले विगतका अनुभव एवम् अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशिल भई व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।
अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता नेपालमा आयोजना भएको यस विशेष अवस्थामा सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरको रुपमा लिई अत्यन्त शिष्ट व्यवहार, आचरण एवम् आफ्नो टर्नआउटमा ध्यान दिई जिम्मेवारी वहन गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतमा प्रदर्शन गरेको कार्यदक्षता एवम् कार्यकौशलताको अन्तर्राष्ट्रियस्तरमा समेत उच्च मूल्याङ्कन भएको चर्चा गरे । आफ्नो कार्यकौशलतालाई अझै परिमार्जन र स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत प्रहरीको छवि उच्च बनाउने गरी प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक खनालले प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले कुनै पनि किसिमको सम्झौता नगरी त्रुटिरहित तरिकाले आ(आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए । सबै सुरक्षा निकायहरुसँग समन्वय गरी प्रतियोगिता अवधिभर विशेष अतिथिहरु तथा खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेलमैदानका साथै ट्राफिक व्यवस्थापनमा समेत उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई उनले निर्देशन दिए ।
सम्भावित घटना तथा अवान्छित गतिविधिहरुको पहिचान गरी सूचना संकलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउन थप उर्जाका साथ खटिनुपर्ने उनले चर्चा गरे । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, महानगरीय प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी ध्वनी प्रदुषण काम गर्न ट्राफिक प्रहरीको ’नो हर्न’ अभियान
कात्तिक ९, २०८१ शुक्रबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
अदालत र प्रशासनको कारवाही प्रभावित बनाएको भन्दै रास्वपा सांसदविरुद्ध प्रहरीमा उजुरी
कात्तिक ६, २०८१ मंगलबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
कात्तिक ९, २०८१ शुक्रबार
सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैन
कात्तिक ९, २०८१ शुक्रबार
हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी
कात्तिक ९, २०८१ शुक्रबार
कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप
कात्तिक ९, २०८१ शुक्रबार
६२ वर्षपछि स्तरोन्नति हुन लागेका बुटवल–गोरुसिंगे सडक विस्तारको गर्न काम सुरु
कात्तिक ९, २०८१ शुक्रबार
बालुवाटारबाट सत्तारुढ दलले जारी गरे संयुक्त वक्तव्य
कात्तिक ९, २०८१ शुक्रबार
राखेपका पूर्व सदस्यसचिव राणाको निधन
कात्तिक ९, २०८१ शुक्रबार