हिउँदे अधिवेशनमा प्रदेश प्रहरी ऐन ल्याउने तयारी
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार २२:१८:२८
१३ मंसिर, काठमाडौं । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आगामी हिउँदे अधिवेशनमा प्रदेशस्तरको प्रहरी ऐन २०७६ बन्ने बताएका छन् ।
उनले अन्तर प्रदेशसभाको भ्रमणबाट संसद्को आगामी हिउँदे अधिवेशनका लागि परिपक्व र जिम्मेवार भई ऐन कानूनको तर्जुमा गर्न तथा संसद्को भूमिकालाई थप ऊर्जाशील बनाउन मद्दत पुगेको बताएका छन् ।
सभामुख श्रेष्ठले आज कुरा गर्दै प्रदेश सरकारले र प्रदेशस्तरमा निजामती कर्र्मचारी सेवा ऐन २०७६ को विधेयक दर्ता गराई छलफलमा ल्याइने तयारी गरिरहेको बताए । सभामुख श्रेष्ठले संसद्मा दर्ता हुने विधेयक, बैठकको कार्यसूचीको फोटोकपी र बैठकमा प्रस्तुत हुने राष्ट्रिय महत्वका विषयका विवरण सञ्चारमाध्यमलाई यथाशीघ्र उपलब्ध गराउन संसद् सचिवालयलाई निर्देशन दिइसकेको बताए ।
प्रदेश नं ३ प्रदेशसभाको निर्वाचनपछि पहिलो बैठक विसं २०७४ माघ १८ गते शुरु भई २०७५ वैशाख १४ गते अन्त्य भएको र दोस्रो बैठक २०७५ जेठ १ गते शुरु भई २०७५ पुस १२ गते अन्त्य भएको थियो । यसैगरी तेस्रो बैठक २०७५ चैत्र १७ देखि २०७६ वैशाख ५ गते र चौथो बैठक २०७६ वैशाख ३० गतेदेखि २०७६ भदौ २५ गते अन्त्य भएको थियो ।
प्रदेशसभाको पहिलो बैठक २०७४ माघ १८ गतेदेखि शुरु भई २०७६ भदौ २५ गतेसम्ममा ४५ विधेयक दर्ता भई बैठकले पारित गरेको थियो । सो पारित भएको ४५ विधेयकमध्ये हाल ४४ विधेयकमाथि प्रदेश प्रमुखले प्रमाणीकरण गरिसकेको र एक विधेयकमा प्रमाणीकरणका लागि गृहकार्य भइरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले जानकारी दिए ।
प्रदेशसभामा नियमावलीअनुसार विभिन्न पाँच समितिको गठन गरिएको छ । ती समितिमा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा तथा वातावरण समिति छन् ।
प्रदेशसभामा हाल ११० सदस्य कायम रहेकामा मङ्सिर १४ गते भक्तपुरमा हुने उपनिर्वाचनबाट प्रदेशसभामा कूल १११ सदस्य रहनेछन् । प्रदेशसभामा हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद एकसमेतले प्रतिनिधित्व गर्नेछन् ।
प्रदेशसभाले आफ्नो कार्यक्षेत्रअन्तर्गत कानून बनाउने, प्रदेश सरकारलाई समन्वय गर्ने, बजेटसम्बन्धी कार्यलाई सहजीकरण गरी पारित गर्ने, संसद्मा रहेका विभिन्न समितिको अध्यक्ष र पदाधिकारीको निर्वाचन गर्ने र न्याय सम्पादन समितिसम्बन्धी (विशेषाधिकारको उल्लङ्घन, अभियोगसम्बन्धी आरोपको प्रस्ताव) लगायत विषयमा कार्यसूचीअनुसार बैठकमा प्रस्तुत हुने संसद् सचिवालयका प्रमुख सचिव घिमिरेले जानकारी दिए ।
प्रदेशसभा सचिवालयमा कूल ४७ कर्मचारी दरबन्दीअनुसार हाल ३७ कर्मचारी कार्यरत रहेको उक्त सचिवालयले जनाएको छ । प्रदेश नं ३ मा निर्वाचन क्षेत्र ६६, स्थानीय निकाय ११९ र १३ जिल्ला समावेश छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार