बिरामी ओलीलाई छोडेर चीन जाने प्रचण्डको घोषणा
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार २३:४५:२२
१३ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दौडधुप मच्चिएको छ । एकातिर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक छोट्याएर आज काठमाडौं आएका छन् ।
नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी भाेली स्वदेश फर्कने तयारीमा छन् । टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनी मङ्सिर ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । टर्कीपछि उनी मेसोडोनिया गएका थिए । मेसोडोनियामा रहँदा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटवार्ता गरेकाे खबहरू बाहिरिएका छन् ।
आज नै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा एक टोली छिट्टै चीन भ्रमणमा जान लागेको खुलासा गरेका छन् । नेपाल–चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै नै टोली चीन भ्रमणमा जाने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चीन, भारत र नेपालको सम्बन्धका बारेमा ‘दुई प्लस वान’ उपयुक्त नभएको भन्दै त्रिदेशीय सम्बन्ध हुनुपर्ने चर्चा पनि गरे । चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको भन्दै दाहालले सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘टु प्लस वान’ अवधारणा उपयुक्त नभएको कुरामा जोड दिए ।
उनले भने ‘पटक–पटक मैले त्रिदेशीय साझेदारीको कुरा गर्दै आएको छु । यद्यपी पछिल्लो पटक चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीचको छलफल हुँदा त्रिदेशीय साझेदारीको रणनीति अन्तर्रगत ‘टु प्लस वान’ भन्ने शब्द प्रयोग भएको छ । यो शब्द जसरी प्रयोग भएको छ र यसले जे अर्थ बोक्न खोजेको छ, मलाईचाँही त्यति उपयुक्त लागेको छैन । यो त्रिदेशीय नै हो र हुनुपर्छ ।’ उनले अगाडि भने – चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा भारतकोबाटो भएर आएको कुरालाई हामीले वेवास्ता गर्न हुँदैन ।
उता भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणका क्रममा दुवै देशका समकक्षीसँग भेटवार्ता भएको र सो अवसरमा द्विपक्षीय आपसी हित तथा साझा चासोका विषयमा विचार विमर्श भएको जानकारी दिए ।
भारतले एकपक्षीय रुपमा नक्सा जारी गरेको महिनादिन बित्न लाग्दा पनि आज दुवै नेताले केही बोलेनन् । न त नेकपाका अन्य नेताहरूले नै यस विषयमा खुलेर बोलेका छन् । दुई तिहाइ समर्थन प्राप्त बलियो सरकार मुलुकमा क्रियाशिल छ तर एक जना प्रधानमन्त्री बिरामी हुँदा सरकारका सबै अंगहरुमा शिथिलता आएको छ भने नेकपाका नेताहरुमा किन्चत पनि राष्ट्रियताको सवालमा खुलेर बोल्ने ल्याकत देखिएको छैन । सत्ता बाहिर रहँदा सँधै भरी नाराजुलुस र मसालजुलुस गरेर जनतालाई सास्ति दिन खप्पिस कम्युनिष्ट नेतृत्व अहिले सत्तामा हावी हुँदा पनि त्यो मानसिकताबाट बाहिर देखिएका छैनन् ।
प्रधानमन्त्री ओली आफैँ असक्त छन् । उता अर्का अध्यक्ष प्रचण्डको व्यवहार र कार्यशैलीबाट पूर्वएमालेहरु सन्तुष्ट छैनन् भने क्याबिनेट भित्रका ओलीका विश्वासपात्र आज मात्र विदेश सयर गरेर काठमाडौं आएका छन् । अहिले नेकपा नेतृत्वले देखाएको यस्तो रबैयाको शिकार आम नेपाली हुनुपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
अल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार