कांग्रेसद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शनिबार २:५३:१४
१३ मंसिर काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लङ्घन भइरहेको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आचारसंहिता उल्लङ्घनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान गर्न मतदातामा अपिलसमेत गरेको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको अन्तिम घडीमा अझ बढ्नसक्ने राज्य नियन्त्रित त्यस्ता गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई आग्रह गरे ।
आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको, कयौँ स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग गरिएको, कांग्रेसका उम्मेदवार तथा अन्य कार्यकर्तामाथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले भौतिक आक्रमण गरेको कांग्रेसको आरोप छ ।
निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौँ कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने जानकारी दिँदै उनले भने, “अरूबेला काममा ढिलासुस्ती तर अहिले कयौँ ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजना मै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौँ भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।”
त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै प्रवक्ता शर्माले शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सही छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद् मात्रै होइन दण्डनीय भएको बताए ।
त्रिचन्द्रमा गुरुमाथि आक्रमण गर्ने समूहले नै नेपाल कमर्श क्याम्पस, मिनभवनमा नेपाल विद्यार्थी सङ्घका सदस्यमाथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सीना र निरज शाहलाई घाइते बनाएको बताउँदै उनले घटनाका दोषीलाई कारवाही गर्न सरकारसँग माग गरे ।
कालापानी प्रकरणमा गम्भीरता देखिएन
नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गरेको नदेखिएको भन्दै प्रवक्ता शर्माले कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशङ्का र खतरा बढेको उल्लेख गरे। उनले यस विषयमा गम्भीर भएर पहलकदमी गर्न सरकारलाई आह्वानसमेत गरे ।
उनले भने, “पछिल्लो समय त्यस्तै घटना दोहोरीएको छ, वीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गरेको बनेपा–वर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो । त्यही सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्यविनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरीने संकेत देखिनुु दुःखद छ ।”
रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढङ्गले मुलुकको रु चार अर्ब स्वाहा बनाएको आरोप लगाउँदै प्रवक्ता शर्माले त्यही असफल परियोजनाका लागि विश्व बैंकसँग रु १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लागेको धारणा व्यक्त गरे ।
कांग्रेसले स्थायी रोजगारी सृजनाको क्षेत्रमा नविन सोचका साथ अघि बढ्न सरकारसँग अपिल गर्दै यसरी अनुत्पादक ढङ्गले अघि बढ्ने कर्मप्रति सर्तक रहन आग्रह गरेको छ । पत्रकार सम्मेलनको शुरुमै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार