नेपाल जीवनमा आधारित क्यान्भास हो : सञ्चारमन्त्री बाँस्कोटा
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शनिबार ३:११:३८
१३ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल ‘जीवनमा आधारित क्यान्भास’ भएको बताएका छन् । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र प्रकृतिको अनुपम सङ्गम रहेको मुलुकको जुनसुकै ठाउँमा पनि जीवन परिवर्तनका प्रशस्त सम्भावना रहेको उल्लेख गरे।
चलचित्र छायाङ्कनका लागि गन्तव्यस्थल समेटिएको ‘फिल्मिङ ईन नेपाल’ नामक पुस्तकको आज काठमाडौँमा लोकार्पण गर्दै मन्त्री बाँस्कोटाले आफ्नो जमीन र आकाशको सीमाभन्दा बाहिर पनि मुलुकको सुन्दरता, संस्कृति, कला, साहित्य र जीवनपद्दति लैजानुपर्नेमा जोड दिए । “जसबाट दुनियाँले हाम्रा कुरा सिक्न सकोस्, तब मात्रै हाम्रो जीवन बलियो हुन्छ”, मन्त्री बाँस्कोटाले भने ।
सरकारको नीति तथा कार्यक्रममा ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ भनेर समावेश गरिसकेको र भ्रमण वर्ष २०२० नजिकिएकाले पनि पुस्तक सहयोगी बन्ने उनले विश्वास व्यक्त गरे । चलचित्र छायाङ्कन स्टुडियोका लागि काभ्रेमा २४ रोपनी जग्गा सरकारले उपलब्ध गराएको स्मरण गर्दै यसले चलचित्र क्षेत्रमा नयाँ आयाम थपिने उनले विश्वास व्यक्त गरे । निजी क्षेत्रलेसमेत लमजुङगमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्न लागेकोमा खुशी व्यक्त गर्दै उनले सरकारले मात्रै नसक्ने भएकाले नीजि चलचित्र क्षेत्रमा लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गरे ।
उनले सार्वजनिक भएको ‘छायाङ्कनका लागि नेपाल’ नामक पुस्तकलाई नेपालमा मात्र नभई हरेक राजदूतावास र विदेशमा रहेका कूटनीतिक नियोगमा पु¥याएर प्रचारप्रसार गर्नु जरुरी रहेको औँल्याए । मन्त्री बाँस्कोटाले भ्रमण वर्ष २०२०ले नेपाललाई चिनाउने आशा व्यक्त गर्दै नेपालाई विश्वमा बुझ्ने बनाउन चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले चलचित्रकर्मीको सुझाव समेटेर चलचित्रसम्बन्धी कानुन संशोधनका लागि मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए । मुलुकले राजनीतिक क्षेत्रमा ठूलो फड्को मारेपनि सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उनको भनाइ थियो ।
उनको उपस्थितिमा आजै चलचित्र विकास बोर्ड र ब्रिटिस काउन्सिल नेपालबीच ऐतिहासिक नेपाली चलचित्रको सङ्ग्रहलगायत विभिन्न परियोजना सञ्चालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र काउन्सिलका देशीय निर्देशक यौवान ईलिचले हस्ताक्षर गरे । सम्झौताले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार