यो साता पनि लगानीकर्ता निराश, सातामा ७ दशमलव ८१ अंकले घट्यो बजार (साप्ताहिक अपटेड )
आर्थिक संवाददाता
मंसिर १३, २०७६ शनिबार ५:१९:१५
१३ मंसिर, काठमाडाैं । यो साता नेप्से परिसूचकमा ७ दशमलव ८१ अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोवार दिन अर्थात मंसिर ५ गते ११२० दशमलव ६० को विन्दुमा बन्द भएको थियो भने यस साताको अन्तिम कारोवार दिन अर्थात मंसिर १२ गते नेप्से परिसूचक १११२ दशमलव ७९ को विन्दुमा बन्द भएको थियो ।
साताको पहिलो कारोवारकाे दिन आइतबार नै बजार १० दशमलव ५३ अंकले घटेर १११० दशमलव ०८ को विन्दुमा पुगेको थियो । त्यस्तै दोश्रो कारोवार दिन सोमबार बजार स्थिर रह्यो । साताको तेश्रो कारोवार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको थियो ।
साताको चौथो कारोवार दिन बुधवार नेप्से परिसूचकमा ८ दशमलव २९ अंकको वृद्धि देखिएको थियो र साताको अन्तिम कारोवार दिन बिहीबार नेप्से परिसूचक ४ दशमलव ६७ अंकले घट्दै १११२ दशमलव ७९ को विन्दुमा बन्द भएको थियो ।
अघिल्लो साता १ अर्ब ५७ करोड बराबरको शेयर किनबेच भएको थियो भने यो सात १ अर्ब ३२ करोड बराबरको शेयर किनबेच भएको छ ।
यो साता एनएमबी बैंकको शेयर सबै भन्दा धेरै किनबेच भयो । बैंकको ९ करोड ८५ लाख बराबरको शेयर किनबेच भएको छ त्यस्तै दोश्रोमा ९ करोड ७९ लाख बराबरको नेपाल इन्भेस्टमेन्ट बैंकको सस्थापक शेयर किनबेच भएको छ ।
शेयर सूचीकरण:
यो साता नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्राईम लाईफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएका छन् भने ग्लोबल आईएमई लघुवित्तको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएका छन् ।
श्रोत : नेप्सेले प्रकाशन गर्ने साप्ताहिक रिपोर्ट
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार