१३ औँ साग : नेपाललाई भलिबलमा इतिहास रच्ने अवसर
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ शनिबार २१:३६:२९
१४ मंसिर काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत महिला भलिबलमा नेपाललाई आज इतिहास रच्ने अवसर प्राप्त भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज हुने सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ । नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ । नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट नेपाली महिला टोलीले सेमिफाइनलमा श्रीलङ्कालाई हराउनेमा ढुक्क छन् । उनले जसरी पनि फाइनल पुग्ने योजना बनाएको बताए । नेपालले यसअघि पनि श्रीलङ्कालाई पराजित गरेकाले महिला टोलीको मनोबल बढेको प्रशिक्षक भट्टले बताए । छ वर्षअघि काठमाडौँमा सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो ।
यस्तै समूह ‘बी’को विजेता भएर श्रीलङ्काले नेपालसँगको सेमिफाइनल पक्का गरेको छ । नेपालले समूह चरणको खेलमा बङ्गलादेशलाई ३–० ले हराएको थियो भने भारतसँग ३–० ले पराजित भएको थियो । भारतले बङ्गलदेशलाई पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो । बङ्गलादेश महिला भलिबलको समूह चरणबाटै बाहिरिएको छ ।
आजै महिला भलिबलको अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारत तथा समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच खेल हुने छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलङ्काले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अङ्कले पराजित गरी सेमिफाइनल प्रवेश गरेका हुन् ।
यसैगरी पुरुष भलिबलमा शुक्रबार भारतले नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो । पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाटै उपविजेता भइ बङ्गलादेशसमेत सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुरुष भलिबलकै अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–१८, २५–२३ र २५–१७ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको दुवै खेलमा हारेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ को अन्तिम खेल आज श्रीलङ्का र पाकिस्तानबीच हुने छ । उक्त खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार