उपनिर्वाचन : कहाँ-कति प्रतिशत मतदान भयो ?
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ आइतबार ०:५७:१८
१४ मंसिर पोखरा । कास्की क्षेत्र नं २ मा शनिबार प्रतिनिधिसभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ ।
कास्की क्षेत्र नं २ का लागि ८२ वटा मतदानकेन्द्रमा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।
मतदान सम्पन्न भइसकेपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम शुरु भइसकेको छ । शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि आज राति १० बजेदेखि मतगणना शुरु हुने सहायक मतदान अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो । सबै मतपेटिका प्राप्त हुनासाथ सर्वदलीय बैठक आह्वान गरी मतगणना शुरु गरिने उनले बताए।
मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ । उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पु¥याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ । दुई स्थानबाट गणना शुरु गर्ने योजना रहेको बताइएको छ ।
दलको तर्फबाट उम्मेदवार बनेकाका दुईजना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि मात्र गणनास्थलमा रहन पाउने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
सखुवा प्रसौनीमा ८२ दशमलव ६१ प्रतिशत मत खस्यो
वीरगञ्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा आज भएको वडाध्यक्षको उपनिर्वाचनमा ८२ दशमलव ६१ प्रतिशत मत खसेको छ ।
कूल दुई हजार ६०२ मतदाता रहेको सो क्षेत्रमा दुई हजार १२८ जनाले मतदान गरेको पर्सा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । एक हजार २११ पुरुष तथा ९१७ महिलाले मतदान गरेका छन्। आज बेलका ९ बजेबाट नै मतगणना शुरु गरिने उहाँले जानकारी दिए ।
चितवनमा ७६ प्रतिशत मतदान
चितवन : चितवनको तीन वटा वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । ती वडामा ७५ दशमलव ९७ प्रतिशत मत खसेको छ ।
भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा मतदान भएको हो । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन वटा वडामा कूल मतदाता १३ हजार २८४ रहेकोमा १० हजार ९२ मत खसेको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१ मतदाता रहेकोमा छ हजार २५० मतदान भएको छ । त्यहाँ ७३ दशमलव ६९ प्रतिशत मत खसेको छ ।
खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ मतदाता रहेकोमा दुई हजार १७२ मतदान भएको छ । यो कूल मतदानमध्ये ८० दशमलव ६८ प्रतिशत हो । त्यस्तै खैरहनी–५ मा दुई हजार १११ मतदाता रहेकोमा एक हजार ६७० अर्थात ७९ दशमलव १० प्रतिशत मतदान भएको छ । निर्धारित समयमा नै ती वडाका मतदान केन्द्रहरुमा मतदान शुरु भएको थियो ।
जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र रहेका थिए । मतपत्र सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।
भरतपुर महानगरपालिका–१६ को भरतपुरस्थित चितवन जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र खैरहनीको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पश्चात् आजै मतगणना शुरु गरिने ढकालले बताए । जिल्लाका तीन वटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
भक्तपुर : प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) मा भएको प्रदेशसभा पदका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ ।
शनिबार सम्पन्न मतदानमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । उक्त निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका थिए । सो क्षेत्रमा २२ वटा मतदान केन्द्र निर्धारण गरी मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
धरान : धरानमा ५९.४१ प्रतिशत मत खसेको छ । धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर र धरान–७ को वडाध्यक्ष पदका लागि शनिबार मतदान सम्पन्न भएको हो ।
उपनिर्वाचनमा धरानमा ५५ हजार १६३ मतदाताहरुले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । धरानमा कुल ९२ हजार ८५३ मतदाता थिए । मतदान शान्तिपूर्ण सम्पन्न भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
सरकारसंगको सम्झौता कार्यान्वयन भएन : महन्थ ठाकुर
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले चौतर्फी आलोचना भएपछि आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार