आज राष्ट्रपति भण्डारीद्धारा सागको उद्घाटन हुँदै
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १४:४१:८
१५ मंसिर काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को औपचारिक उद्घाटन आज ‘आईतबार’ हुदैछ । सुरु हुन लागेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ ।
उद्घाटन सत्रमा सहभागी सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ । उद्घाटन सत्रमा झण्डै ७ हजार मानिस सहभागी गराउने कार्यक्रम रहेको समारोह समितिले जनाएको छ ।
प्रतियोगिताका खेलहरु काठमाडौं सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । जनकपुरमा कुस्ती, पोखरामा ८ खेल र काठमाडौंमा १९ खेलहरु सञ्चालन हुनेछन् । १३ औ सागमा २७ खेल समावेश गर्ने भनिएपनि प्याराग्लाईडिङको सहभागी संख्या नपुगेपछि २६ खेल सञ्चालन गर्न लागिएको हो ।
सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका २ हजार बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ ।
सन् १९८४ मा नेपालबाट सुरु भएको साग झण्डै ४० बर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्दैछ । नेपालले सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो ।
दुई पटक सरेको मिति
सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा भएको सागबाट नेपालले १३ औ साग आयोजना गर्ने झण्डा लिएर आएको थियो । तत्कालिन युवा तथा खेलकुुद मन्त्री सत्यनारायण मण्डलले साग आयोजनाको झण्डा लिएका थिए ।
प्रत्येक दुई बर्षमा आयोजना हुनुपर्ने साग नेपालले सन् २०१८ मै आयोजना गर्नुपर्ने हो । तर सरकारको वेवास्ताका कारण निर्धारित मितिमा साग आयोजना हुन सकेन ।
लगत्तै दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औ संस्करणको साग सन् २०१९ को ९ देखि १८ मार्चसम्म आयोजना गर्ने निर्णय गर्यो । तर भौतिक पुर्वाधारको काम अघि बढ्न नसक्दा दोस्रो पटक तोएिको मितिमा समेत साग आयोजना नहुने भयो ।
तर सरकारले पुर्वाधार निर्माण समयमा गर्ने बाचा सहित सागको ओलम्पिक काउन्सिललाई ६ महिना प्रतियोगिताको मिति सार्न प्रस्ताव गरेको थियो । थाईल्याण्डको बैंककमा बसेको ओलम्पिक काउन्सिलको बैठकले अन्तिम पटकलाई भन्दै सागको नयाँ मिति डिसेम्बर १ देखि १० सम्म तोकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार