सागमा वल्र्डलिंकको निशुल्क तीब्र गतिको इन्टरनेट सेवा
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १९:३८:३
१५ मंसिर काठमाडौं । वल्र्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ ।
प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् । वल्र्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ ।
काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् । यसमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् ।
मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वल्र्डलिंकको निशुल्क वाइफाइ उपलब्ध हुनेछ ।
वल्र्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक सबैभन्दा ठूलो कम्पनी हो । वल्र्डलिंकले नेपालका दुर्गममा समेत निशुल्क इन्टरनेट उपलब्ध गराइरहेको छ । हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाइफाइ स्थानबाट निशुल्क इन्टरनेट चलाउँछन् ।
फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाइफाइ प्लेटफर्ममार्फत वल्र्डलिंकले दुर्गममा निशुल्क वाइफाइ वितरण गरिरहेको छ । एकस्प्रेस वाइफाइ फेसबुकको विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने कार्यक्रम हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार