नेप्से स्थिर भएपनि जीवन बीमा कम्पनीहरुको उपसूचकमा सर्वाधिक बृद्धि, प्राविधिक विश्लेषणले के देखाउँछ ?
आर्थिक संवाददाता
मंसिर १५, २०७६ आइतबार २२:२४:५१
१५ मंसिर, काठमाडौं । आजपनि बजार स्थिर नै रह्यो । बजार बन्द हुँदा हल्का बढेर मात्र बन्द भयो । बजार स्थिर भएसंगै कारोवार रकम पनि सुस्त नै रहेको छ । दिनभरिमा २० करोड ६३ लाखको मात्र कारोवार भएको छ ।
आज नेप्से परिसूचक सामान्य ० दशमलव ०७ अंकले बढेर १११२ दशमलव ८५ को विन्दुमा बन्द भएको छ । जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक २ दशमलव ६१ प्रतिशतको वृद्धि देखिएको छ ।
नेप्से परिसुचकले २ बजेर ४४ मिनेटमा सर्वाधिक १११४ दशमलव ३२ को उच्च विन्दु समातेको थियो भने १ बजेर ३६ मिनेटमा ११०९ दशमलव ९८ को न्यून विन्दु समातेको थियो ।
आज बजारमा नबिल बैंकको सर्वाधिक १ करोड ७५ लाखको शेयर खरिदबिक्री हुँदा नेपाल लाईफ इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ७३ प्रतिशतले कमाए भने घोडीघोडा लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९ प्रतिशतले गुमाए । नेपाल लाईफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८४२ मा बन्द भएको छ भने घोडीघोडा लघुवित्तको बजार मूल्य प्रतिकित्ता ५८२ मा बन्द भएको छ ।
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११२० टेवा : ११००
- आज नेप्सेमा खरिदकर्ता र विक्रीकर्ताको चाप दुबै बराबर रहेको छ । कारोबार भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ । अन्तिम दिनको मैनबत्तीले अघिल्लो दिनमा रहेको बिक्रीकर्ताको चाप कमजोर हुँदै गएको जनाएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” अझै पनि “न्यूट्रल जोन” भन्दा तल रहेको छ । आरएसआई ३५ दशमलब ६९ बिन्दुमा छ । यसले बजार बढी हाल्ने संकेत गरेको देखिदैन् ।
- “एडिएक्स” तथा जोड बिजोड डाइरेक्सनल इन्डेक्सहरुले हाल बजार तटस्थ रहेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” हाल प्रभावकारी देखिन्दैन ।
- नेप्से बढेमा प्रतिरोध ११२१ मा पाउने देखिन्छ र घटेमा मुख्य टेवा ११०० मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार