करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
नेपालबहस संवाददाता
मंसिर १६, २०७६ सोमबार १८:५३:४५
१६ मंसिर काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद ‘साग’अन्तर्गत सोमबारबाट सुरु भएको करातेको महिला टिम कातातर्फ नेपालले २४.८८ अंक हासिल गर्दै पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गरेको हो।
स्वर्ण जित्ने नेपाली टोलीमा सरु कार्की, निर्मला तामाङ र संगीता मगर छन्। रजत पदक जित्ने पाकिस्तानले २३।३ अंक जोड्यो। नेपालले यसअघि एकल पुरुषमा मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए।
पहिलो चरणमा नेपाली महिला टोलीले २४.७४ अंक जोडका थिए। सोही चरणमा श्रीलंकाले २२.५४ अंक हासिल गरेको थियो। त्यस्तै, पहिलो चरणमा बंगलादेशले २४.०८ अंक जोडेको थियो। त्यस्तै पाकिस्तानले २५.१४ जोडेको थियो। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार