बजार स्थिर, कारोवार रकम २३ करोड माथि, के देखाउँछ प्राविधिक विश्लेषणले ?
आर्थिक संवाददाता
मंसिर १६, २०७६ सोमबार २१:५३:३५
१६ मंसिर, काठमाडाैं । आज पनि बजार स्थिर रह्यो । बजारमा त्यति ठुलो उतारचढाव देखिएन । नेप्से परिसूचक सामान्य शुन्य दशमलव ८६ अंकले घटेर ११११ दशमलव ९९ को बिन्दुमा बन्द भएको छ । दिनभरमा २३ करोड २२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । दिनभर ब्रोकर अफिसहरु सुनसान थिए । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा खराबी उत्पन्न भएपछि सोमबार १५ मिनेट शेयर कारोबार प्रभावित बनेको थियाे । कारोबार प्रणालीमा ११ बजेर २९ मिनेट पश्चात खराबी उत्पन्न भएसँगै नेप्सेको वेवसाइट पनि ११ बजेर ४५ मिनेसम्म बन्द भएको थियो ।
आज बजारले १ बजेर १ मिनेटमा सर्वाधिक १११३ दशमलव ७४ को उच्च बिन्दुसम्म पुगेको थियो भने १२ बजेर ५ मिनेटमा न्यून बिन्दु १११० दशमलव ९८ समातेको थियो ।
एनएमबी बैंकको सर्वाधिक १ करोड ९३ लाखको शेयर खरिदबिक्री हुँदा नेशनल माईक्रो फाईनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने अरुण काबेली पावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ५५ प्रतिशत गुमाए ।
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११२० टेवा : ११००
- आज नेप्सेमा उतारचढाव कम रहेको छ । खरिदकर्ता र बिक्रीकर्ताको चाप दुबै बराबर रहेको छ । कारोबार भने अघिल्लो दिनभन्दा बढेको छ ।
- अन्तिम दिनको मैनबत्तीले बजारमा माग र आपूर्ति लगभग बराबर रहेको जनाएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” अझै पनि “न्यूट्रल जोन” भन्दा तल रहेको छ । आरएसआई ३५ दशमलब १५ बिन्दुमा छ । यसले बजार बढी हाल्ने संकेत गरेको देखिदैन् ।
- “एडिएक्स” तथा जोड बिजोड डाइरेक्सनल इन्डेक्सहरुले हाल बजार तटस्थ रहेको संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले आज बजार बढ्न सक्ने संकेत गरेको छ ।
- नेप्से बढेमा प्रतिरोध ११२० मा पाउने देखिन्छ र घटेमा मुख्य टेवा ११०० मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार