निक्षेप संकलन र कर्जा प्रवाहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि सुस्त, शेयर बजारमा वास्तविक मूल्य भन्दा बढीमा किन हुदैछ काराेबार ?
आर्थिक संवाददाता
मंसिर १६, २०७६ मंगलबार ०:१:३१
१६ मंसिर, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडले यही मंसिर २३ गते वार्षिक साधारणसभा गर्दैछ। साधारण सभामा कम्पनीले २२ दशमलव ५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गरेको छ । मंसिर ८ गतेसम्म कायम शेयरधनीले सो साधारणसभामा भाग लिन पाउनुको साथै प्रस्तावित नगद लाभांश प्राप्त गर्ने छन् ।
कम्पनीको लाभांशको इतिहास:
कम्पनीले आर्थिक वर्ष ०७५/७६को मुनाफाबाट २२ दशमलव ५ प्रतिशत नगद लाभांशको लागि बुक क्लोज गरिसकेको छ । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १७ दशमलव ५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
हेरौ कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
प्रथम त्रैमास कस्तो आयो ?
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद मुनाफा सामान्य ६ प्रतिशतले मात्र वृद्धि भएको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा ११ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ८४ करोड २३ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ९३ करोड ३५ लाख खुद व्याज आम्दानी गरेको थियो ।
खुद मुनाफामा सामान्य वृद्धि :
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड ५९ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ६४ करोड ४१ लाख खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा ६ प्रतिशतको वृद्धि देखिएको छ ।
प्रतिशेयर आम्दानीमा वृद्धि:
पुँजी वृद्धि नभएको र खुद मुनाफामा ६ प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रतिशेयर आम्दानी पनि ६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी ३२ रुपैंया १६ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैंया २६ पैसा थियो ।
जगेडा कोष स्थिर, संचित मुनाफा बढ्दै :
कम्पनीको जगेडा कोष स्थिर रहेको छ । अहिले जगेडा कोषमा ५ अर्ब १० करोड रकम पुगेको छ । संचित मुनाफा भने ३५ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४३ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन ।
निक्षेप र कर्जा प्रवाहमा सुस्त:
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन शुन्य दशमलव २ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह भने ३ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७५ अर्ब ८६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जा विस्तारमा बैंक अत्यन्त सुस्त रहेको प्रस्ट देखिन्छ ।
खराब कर्जा घट्यो :
गत वर्ष प्रथम त्रैमासमा शुन्य दशमलव २१ प्रतिशत रहेको खराब कर्जा अहिले भने शुन्य दशमलव १८ प्रतिशत पुगेकाे छ।
आधार व्याजदर निकै कम :
अन्य वाणिज्य बैंकको तुलनामा कम्पनीले आधार व्याजदर निकै कम कायम गर्न सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर ७ दशमलव ६३ प्रतिशत रहेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको प्रथम त्रैमाससम्म वितरणयोग्य मुनाफा जम्मा ४९ करोड ४ लाख रहेको छ ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात ११ गुणा:
कम्पनीको मंसिर १६ गतेको बजार मूल्य ५२५ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ३२ गुणा आउँछ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १६ पैसा र किताबी मूल्य १९४ रुपैयाँ १८ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य ३७५ रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य ५२५ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा धेरैमा कारोवार भएको छ । कम्पनीको मंसिर १६ गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा प्रतिकित्ता १५० रुपैयाँ महँगो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात २ दशमलव ७० गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “ओभर भ्यालुड” क्षेत्रमा देखिन्छ ।
शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमा :
कम्पनीको ५२ हप्ताको उच्च विन्दु ७२७ रुपैयाँ प्रतिकित्ता रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु प्रति कित्ता ५२३ रुपैयाँ रहेको छ । कम्पनीको अहिलेको बजार मूल्य ५२५ रुपैयाँ छ ।
कम्पनीको बजार मूल्य १८० दिनको औसत भन्दा पनि थोरै:
कम्पनीको १८० दिनको औसत बजार मूल्य ६१३ रुपैयाँ रहेकोमा दोश्रो बजारमा कम्पनीको शेयर मूल्य त्यो भन्दा पनि थोरैमा कारोवार भएको देखिन्छ ।
निस्कर्ष:
कम्पनी निक्षेप संकलन र कर्जा प्रवाहमा त्यति आक्रामक रुपमा प्रस्तुत हुन सकेको छैन । कम्पनीको आधार व्याजदर अन्य बैंकको तुलनामा निकै थोरै हुँदा समेत यो त्रैमाससम्म कर्जा प्रवाह ३ प्रतिशतले घटेको छ ।
विगतमा निकै राम्रो व्यापार गर्दै आएको बैंकले अहिले भने बजारमा नयाँ बैंकको आगमन संगै कमजोर बन्दै गएको प्रस्ट हुन्छ । नयाँ वाणिज्य बैंकहरु निकै आक्रामक रुपमा अघि बढ्दा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले नेपाली बजारमा आक्रामक रुपमा अघि बढ्न सकेको छैन । सीसीडी अनुपात ७० प्रतिशत मुनि हुनुले बैंकसँग कर्जा विस्तार गर्ने सम्भावना निकै धेरै रहेको छ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार