नेप्से परिसूचकमा ३ दशमलव ७५ अंकको बृद्धि हुँदा जीवन बीमा उपसुचकमा सर्वाधिक बृद्धि
आर्थिक संवाददाता
मंसिर १७, २०७६ मंगलबार २२:२५:३२
१७ मंसिर, काठमाडाैं । दोश्रो बजारमा आज सामान्य अंकले बृद्धि भएको छ । नेप्से परिसुचक ३ दशमलव ७५ अंकले वृद्धि हुँदै १११५ दशमलव ७४ को बिन्दुमा बन्द भएको छ ।
सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर सर्वाधिक कारोवार भए संगै आज २६ करोड ६८ लाख बराबरको शेयर खरीदबिक्री भएको छ । सिद्धार्थ बैंकको २ करोड ६० लाख बराबरको संस्थापक शेयर कारोवार भएको छ ।
बजारले २ बजे १११७ दशमलव ८३ को उच्च विन्दु समातेको थियो भने ११ बजेर १५ मिनेटमा ११११ दशमलव १९ को न्यून विन्दु समातेको थियो । बजार खुलेबाट नै बढ्दो ट्रेन्डमा थियो तर २ बजे पछि भने बजारमा थोरै बिक्री चाप आएको अनुभूति गर्न सकिन्थ्यो ।
आज जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक १ दशमलव २७ प्रतिशतको वृद्धि देखिएको छ भने “ट्रेडिङ्ग” उपसुचक सर्वाधिक ३ दशमलव ९८ प्रतिशतले घटेको छ ।
घोडीघोडा लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता ६३८ मा कारोवार बन्द भएको छ भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य सर्वाधिक ५ दशमलव ४१ प्रतिशतले घट्दै प्रति कित्ता ११८८ मा कारोवार बन्द भएको छ ।
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११२० टेवा : ११०७
- आज नेप्सेमा खरिदकर्ताको चाप रहेको देखिन्छ । कारोबार भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ । अन्तिम दिनको मैनबत्तीले आपूर्तीभन्दा माग बढेको जनाएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” अझै पनि “न्यूट्रल जोन” भन्दा तल रहेको छ । आरएसआई ३९ दशमलब ४२ बिन्दुमा छ । आरएसआईले खरिदकर्ताको चाप केहि मात्रामा रहेको संकेत गरेको छ ।
- “एडिएक्स” सामान्य रहे पनि जोड र बिजोड डाइरेक्सनल इन्डेक्सहरुले बजारमा खरिदकर्ताको चाप केहि मात्रामा रहेको संकेत गरेको छ । “अन ब्यालेन्स भल्यूम” प्रभावकारी देखिदैन ।
- नेप्से बढेमा प्रतिरोध ११२० मा पाउने देखिन्छ र घटेमा टेवा ११०७ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार