अस्पतालबाटै चलाउने देश ? ओलीको विकल्प सोच्न सकिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ बुधबार १:४८:५
![](https://nepalbahas.prixacdn.net/media/albums/oli-parchanda_wtYtV2Izd5.jpg)
१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको सन्देश दिन हिजो भिडियो नै सार्वजनिक गरियो । अस्पतालको शैयाबाट प्रधानमन्त्री ओलीले सन्देश दिंदै आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए ।
तर अस्ति प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भने आसन्न चीन भ्रमण नै रद्ध गरेका छन् । हिजो मंगलबार चिनियाँ राजदूतलाई भेटेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अनुकुल नभएकाले तत्काल भ्रमणमा नजाने जानकारी दिएका छन् । प्रचण्डको पछिल्लो निर्णय र प्रधानमन्त्री ओलीको भिडियो सन्देश आफैंमा विरोधाभाषपूर्ण देखिएको छ ।
नेपाली जनतालाई आफू स्वस्थ रहेको सन्देश दिन हतारिएका प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने आफू अस्वस्थ रहेको बेला विदेश नजान भनेको प्रचण्ड निकट स्रोतको भनाई छ । यसरी दुई अर्थ लाग्ने सन्देशले नेपाली जनता भने अन्योलमा परेका छन् । स्रोतका अनुसार , प्रधानमन्त्री ओली अझै एक साता अस्पतालमै बस्नु पर्नेछ ।
अहिले ओली बिरामी हुनुहुन्छ त्यसैले यो विषयमा खासै नबोलौं , तर लगत्तै उहाँको मृगौला पुन प्रत्यारोपण साँच्चै गर्ने हो भने हामीले पार्टीभित्र छलफल गर्नैपर्छ । प्रधानमन्त्री निकट स्रोत भन्छ– अस्पतालबाट डिस्चार्ज भए लगत्तै ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणको तयारी भएको छ । अमेरिकामा गरिने प्रत्यारोपणको तयारी पूरा भईसकेको स्रोतको दावी छ ।
यसरी प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बसेका ब्यक्ति लामो समय अस्पतालमै बस्नु पर्ने अवस्थाले नेकपा ओलीको विकल्प दिन नसक्ने अनिर्णयको बन्दी बनेको आरोप लाग्न थालेको छ । प्रचण्ड र अर्का नेता माधवकुमार नेपालबीच यो विषयमा पटकपटक कुराकानी भएपनि के गर्ने भन्ने सन्दर्भमा चाहिं निश्कर्ष निकाल्न सकेको देखिंदैन ।
नेपाली जनताले पार्टीलाई यो हैसियतमा पु¥याएको भएपनि प्रधानमन्त्रीको अस्वस्थताले केही काम हुन नसकेको भन्दै पार्टीकै नेताहरु असन्तुष्ट छन् । साथै ओलीको कार्यशैली पनि गुटगत लाभमा मात्रै केन्द्रित भएकाले पार्टी र सरकारबीच धेरै तालमेल नभएको कुरा नेताहरु नै स्वीकार्छन् ।
नेकपाकै एकजना नेताले भने – अहिले ओली बिरामी हुनुहुन्छ त्यसैले यो विषयमा खासै नबोलौं , तर लगत्तै उहाँको मृगौला पुन प्रत्यारोपण साँच्चै गर्ने हो भने हामीले पार्टीभित्र छलफल गर्नैपर्छ । प्रधानमन्त्री निकट स्रोत भन्छ– अस्पतालबाट डिस्चार्ज भए लगत्तै ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणको तयारी भएको छ । अमेरिकामा गरिने प्रत्यारोपणको तयारी पूरा भईसकेको स्रोतको दावी छ ।
ओली भने मृगौलाको दोस्रो प्रत्यारोपणका लागि हतारिएका छन् । यसरी हतारमा अप्रेसन गर्दा जेपनि हुन सक्ने विज्ञहरुको धारणा छ । साथै मृगौला प्रत्यारोपण गर्ने निश्कर्षमा पुगेका ओलीले उपचार प्रकृया पूरा गर्न कम्तिमा चार महिना आराम गर्नुपर्ने हुन्छ ।
यसलाई पुष्टी गर्न प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहको भनाई पर्याप्त छ । डा. शाहले पनि प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न कुनै अड्चन नरहेको बताएकी छन् । तर विज्ञहरु भने तत्कालै अर्काे मेजर अपरेशन गर्नु भनेको ठूलै जोखिम मोल्नु हो । किनभने कमजोर स्वास्थ्य रहेका प्रधानमन्त्रीको शरीरले तत्कालै मेजर अप्रेशन धान्न सक्दैन ।
तर ओली भने मृगौलाको दोस्रो प्रत्यारोपणका लागि हतारिएका छन् । यसरी हतारमा अप्रेसन गर्दा जेपनि हुन सक्ने विज्ञहरुको धारणा छ । साथै मृगौला प्रत्यारोपण गर्ने निश्कर्षमा पुगेका ओलीले उपचार प्रकृया पूरा गर्न कम्तिमा चार महिना आराम गर्नुपर्ने हुन्छ ।
यस अवधिमा देशलाई कार्यवाहकको हातमा सुम्पिनु पर्ने हुन्छ । त्यसैले पार्टीले कुनै विकल्प दिने अवस्था आउन पनि सक्छ – स्रोतको भनाई छ । अस्पतालमा बसेर लामो समय देश चलाउने कुरा पार्टीको हितमा नहुने भएकाले विकल्पबारे सोच्नै पर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तर सम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार