एथ्लेटिक्समा नेपाललाई कास्य पदक, कराँतेमा र उसुमा स्वर्ण पदक
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बुधबार १८:४:२६
१८ मंसिर काठमाडाैं । तेह्रौँ दक्षिण एशियाली खेलकूद ‘साग’अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन्।
लगानखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन्। उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए ।
त्यस्तै यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २४ पुगेको छ । सोही स्पर्धामा भारतका साजन लामाले रजत जिए भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पारे । त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो ।
नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिए। सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस स्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जिएका थिए । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पारे ।
यस्तै, १३औँ दक्षिण एशियाली खेलकूद ‘साग’ अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले सो दौड ३० मिनेट ५०.०६ सेकेण्डको समय खर्चदै कास्य पदक प्राप्त गरे ।
सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जिते भने श्रीलङ्काको सान मुगेशश्वरले रजत पदक हात पारे । कुमारले निर्धारित दूरी २९ मिनेट ३३.६१ सेकेण्ड समय खर्चदै पूरा गरे भने श्रीलङ्कामन मुगेशश्वरले ३० मिनेट ४९.२० सेकेण्डको समय लगाउँदै रजत पदक हात पारे । सोही स्पर्धामा हिजो भएको महिलातर्फको प्रतियोगितामा नेपालका सन्तोषी श्रेष्ठले स्वर्णपदक हासिल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने
पुष १८, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार