लघुवित्त र बीमाले गर्दा लगानीकर्तामा छायो खुशीयाली, नेप्से ८ दशमलव ७३ अंकले बढ्यो

आर्थिक संवाददाता
मंसिर १८, २०७६ बुधबार २१:५८:५७

१८ मंसिर, काठमाडाैं । लघुवित्त र बीमा कम्पनीका शेयरमा लगानीकर्ताहरु आक्रामक रुपमा प्रस्तुत हुँदा हिजो-अस्ति भन्दा आज बजारमा केही चहलपहल रह्याे । सम्पूर्ण उपसुचकमा वृद्धि आएसंगै नेप्से परिसुचकमा ८ दशमलव ७३ अंकको वृद्धि देखियो । नेप्से परिसूचक वृद्धि भएसंगै कारोवार रकम पनि बढेको छ । कारोवार रकम ३० करोड माथि पुगेको छ ।
जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ दशमलव ८१ प्रतिशतको वृद्धि देखिएको छ भने निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ दशमलव ५६ प्रतिशत र लघुवित्त कम्पनीहरुको उपसुचकमा २ दशमलव २२ प्रतिशतको वृद्धि देखिएको छ ।
धेरै लघुवित्त कम्पनीहरुले लाभांश प्रस्ताव गरेको र जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गर्न बाँकी हुँदा यी कम्पनीहरुको शेयर मुल्यमा लगानीकर्ताको ध्यान केन्द्रित भएको शेयरबजार सम्बन्धी जानकार बताउँछन ।
बजार खुलेबाट नै खरिदकर्ता आक्रामक रहेको बजारले २ बजेर ३८ मिनेटमा उच्च विन्दु समातेको थियो । आजको बजारको उच्च विन्दु ११२८ दशमलव ०१ रहेको थियो ।
केही दिनयता ११०० लाई टेवा मान्दै बजार घट्न मानेको छैन । बजार वृद्धिसंगै कारोवार रकम वृद्धि हुनुलाई सकारात्मक प्रवृत्ति मानिन्छ ।
बीमा र लघुवित्तको चहलपहल रहेको बजारमा नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक किनबेच भएको छ । नेपाल लाईफ इन्स्योरेन्सको २ करोड ८२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ भने प्रभु इन्स्योरेन्सको बजारमूल्य सर्वाधिक ८ दशमलव ५० प्रतिशतले वृद्धि भयो त्यस्तै बरुण हाईड्रोपावरको बजार मूल्य ७ दशमलव ९५ प्रतिशतले घट्न पुग्यो ।
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११३० टेवा : १११०
- आज नेप्सेमा खरिदकर्ताको चाप रहेको देखिन्छ । कारोबार भने अघिल्लो दिनभन्दा बढेको छ ।
- अन्तिम दिनको मैनबत्तीले आपूर्तीभन्दा माग बढेको जनाएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” “न्यूट्रल जोन” मा आएको छ। आरएसआई ४८ को बिन्दुमा छ । आरएसआईले खरिदकर्ताको चाप सकारात्मक हुन थालेको संकेत गरेको छ ।
- “एडिएक्स” सामान्य रहे पनि जोड र बिजोड डाइरेक्सनल इन्डेक्सहरुले बजार बढ्न सक्ने संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप हुन थालेको संकेत गरेको छ ।
- नेप्से बढेमा प्रतिरोध ११३० मा पाउने देखिन्छ र घटेमा टेवा १११० मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार