सागको आगामी संस्करण पाकिस्तानमा
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १६:२९:३२
१९ मंसिर काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को आगामी संस्करण पाकिस्तानले आयोजना गर्ने पक्का भएको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग आयोजना निश्चित गरेको हो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको आगामी संस्करण आयोजनाको झण्डा लिन पाकिस्तान सरकारलाई सांस्कृतिक नृत्य सहित आमन्त्रण गरेको थियो ।
तर पाकिस्तानले नोभेम्बर २९ मा पत्र लेख्दै समय थोरै भएकाले सांस्कृतिक नृत्य प्रस्तुत गर्न नसक्ने तर १४ औं संस्करणको झण्डा आफुले लिने प्रतिबद्वता जनाएको छ । ‘समय कम भएकाले कल्चर टिम पठाउन सक्दैनौ । तर सागको आगामी संस्करण आयोजना गर्न तयार छौ ।’ पाकिस्ताले पठाएको पत्रमा भनिएको छ ।
बर्णानुक्रम अनुसार साग आयोजनाको पालो पाकिस्तानको रहेको थियो । सोही अनुसार पाकिस्तानलाई साग आयोजना गर्न दक्षिण ओलम्पिक काउन्सिलले पत्र पठाएको थियो । दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला प्रत्येक दुई बर्षमा आयोजना गर्ने प्रचलन रहेको छ ।
नेपालले तेस्रो पटक साग खेलकुद मुख्य तीन शहरमा सञ्चालन गरिरहेको छ । डिसेम्बर १० को समापनको दिन पाकिस्तान सरकारले आगामी संस्करणको साग आयोजनाको झण्डा लिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार