पुरुष क्रिकेट प्रतियोगितामा नेपालद्वारा भुटान पराजित
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १८:४४:४९
१९ मंसिर काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनायो।
भुटानका रन्जुङ मिक्यो दोर्जेले सर्वाधिक २७ रन बनाए। नेपालका पारस खड्काले २ विकेट लिए। यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए। कमजोर मानिएको भुटानसामू उच्च स्कोर खडा गर्ने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए।
टि-२० मा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन्। यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए। पारस खड्काले २८ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए।
नेपालले टी-२० मा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालले भुटानका कर्मा दोर्जीले २ विकेट लिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित
माघ ७, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य
माघ ७, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार