शुक्रबार र शनिबार कलंकीदेखि कोटेश्वरसम्म ४ घण्टा सवारी चलाउन नपाइने
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १९:४७:५०
१९ मंसिर काठमाडौं । आगामी शुक्रबार र शनिबार चार घण्टा कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको मुख्य लेनमा सवारी साधन चलाउन ट्राफिक प्रहरीले रोक लगाउने भएको छ।
मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ। साग खेलकुदमा यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ।
त्यसका लागि नै मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए।
स्रोतका अनुसार विहान ११ बजेदेखि ३ बजेसम्म सो सडक खण्डको मुख्य लेनमा सवारी चलाउन पाइने छैन। सो दिन सोही सडकखण्डमा सवारी नचलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सबैसँग आग्रह गरेको छ। प्रहरीले सर्वसाधारणलाई करिडोरको मार्ग प्रयोग गर्न भनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार