अनु लामाको कीर्तिमान भंग गर्दै सावित्राको कीर्तिमान, स्वर्ण पदकका लागि भारतसँग भेट
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार २१:३३:३२
१९ मंसिर, पोखरा । फुटबलर सावित्रा भण्डारीले अनु लामाको कीर्तिमान भंग गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छिन् । १३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामालाई उछिन्दै सर्वाधिक गोलकर्तामा आफ्नो नाममा राखेकी हुन् । सावित्राकाे याे गाेल सँगै जारी साग खेलमा नेपालले स्वर्णपदक उपाधीका लागि भारतसँग भेट पक्का गरेकाे छ ।
उनले २०१४ मा इस्लामावादम भएको साफ च्याम्पियनसिपमा १ गोल गरेसँगै गोलको खाता खोलेकि थिइन् । त्यसैगरी २०१६ मा भएको साग खेलमा २ गोल, साफ च्याम्पियनसिपमा १२ गोल, ओलम्पिक छनौट पहिलो चरणको खेल २०१८ मा १ गोल गरेकी सावित्राले हिरो गोल्डकप २०१९ मा ४ गोल गरेकी थिइनु । साफ च्याम्पियनसिप २०१९मा ४ गोल गरेकी उनले ओलम्पिक छनौट दोस्रो चरणमा २ गोल गरेकी थिइन् । उनले नादेझ्दा कप सन् २०१९ मा ७ गोलको वर्ष गरेकि थिइन् भने मैत्रीपूर्ण खेलमा २ गोल गरेकी थिइन् । जारी साग प्रतियोगितामा २ गोल गरेकी सावित्रा ३७ गोल गर्ने नेपाली पहिलो महिला फुटबलर बनेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार