लघुवित्त र बीमा कम्पनीमा लगानीकर्ता आकर्षित हुनुको कारण के ? हेरौं आजको बजार विश्लेषण

आर्थिक संवाददाता
मंसिर १९, २०७६ बिहिबार २२:२०:४९

१९ मंसिर, काठमाडाैं । लघुवित्त र बीमा कम्पनीमा आज पनि खरिद चाप देखिँदा बजारमा चहलपहल राम्रै थियो । जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ दशमलव ९३ प्रतिशतको वृद्धि देखिएको छ भने निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा १ दशमलव ७७ प्रतिशत र लघुवित्त कम्पनीहरुको उपसुचकमा १ दशमलव ६१ प्रतिशतको वृद्धि देखिएको छ ।
“ट्रेडिङ्ग” उपसुचकमा भने सर्वाधिक ३ दशमलव ७६ प्रतिशतको वृद्धि देखिएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकहरुको उपसुचकमा भने सामान्य शुन्य दशमलव २१ प्रतिशतको मात्र वृद्धि देखिएको छ ।
बजारमा केही समय यता लघुवित्त र बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षित हुँदै आएका छन् । नेपाली बजारमा बोनस शेयर र हकप्रद शेयरको राम्रो माहोल रहेसंगै कम पुँजी भएका लघुवित्त क्षेत्रका शेयरहरुमा लगानीकर्ताको आकर्षण बढ्दै जानु स्वाभविक भएको जानकार बताउँछन् । त्यस्तै धेरै लघुवित्त कम्पनीहरुले लाभांश प्रस्ताव गरेको र बुक क्लोज आउँन बाँकी रहेकोले त्यसको सकारात्मक असर दोश्रो बजारमा परेको देखिन्छ ।
त्यस्तै एउटा पनि जीवन र निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७५/७६ को लाभांश प्रस्ताव नगरेकोले पनि लगानीकर्ताहरु जीवन र निर्जीवन बीमा कम्पनीतर्फ आकर्षित भएका छन् ।
वाणिज्य बैंक भन्दा कम पुँजी भएको कारणले पनि लघुवित्त र बीमा कम्पनीको उतारचढाव धेरै नै हुने गरेको छ । कारोवारीको रोजाईमा यी कम्पनीका शेयर पर्नु स्वाभाविक हो ।
नेप्से परिसुचकालाई ड्राईभ गर्ने वाणिज्य बैंकहरुकमा त्यति ठुलो वृद्धि देखिएको छैन ।
आज दोश्रो बजार परिसुचक ७ दशमलव ४५ अंकको वृद्धि हुँदै ११३१ दशमलव ९२ को विन्दुमा बजार बन्द भएको छ । आज ३५ करोड ८८ लाख बराबरको शेयर खरीदबिक्री भए संगै कारोवार रकम पनि बढेको छ । नेप्से परिसूचक वृद्धि भए संगै कारोवार रकम पनि बढ्नुलाई प्राविधिक भाषामा सकारात्मक मानिन्छ ।
आज बजारको न्यून विन्दु ११ बजेर ०५ मिनेट जाँदा ११२४ दशमलव ४४ रहेकोमा उच्च विन्दु २ बजेर ३७ मिनट जाँदा ११३४ दशमलव ९४ रहेको छ । आज बजार खुलेबाट नै घट्न मानेको देखिदैन ।
नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक ३ करोड ५१ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
आजको बजारको प्राविधिक विश्लेषण:
प्रतिरोध : ११५० टेवा : १११८
- आज पनि नेप्सेमा खरिदकर्ताको चाप रहेको देखिन्छ । कारोबार भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ । अन्तिम दिनको मैनबत्तीले आपूर्तीभन्दा माग बढेको जनाएको छ ।
- दैनिकी अवधिमा “आरएसआई” “न्यूट्रल जोन” मा आएको छ । आरएसआई ५३ दशमलब ९८ को बिन्दुमा छ । आरएसआईले खरिदकर्ताको चाप सकारात्मक हुन थालेको संकेत गरेको छ ।
- “एडिएक्स” सामान्य रहे पनि जोड र बिजोड डाइरेक्सनल इन्डेक्सहरुले बजार बढ्न सक्ने संकेत गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप हुन थालेको संकेत गरेको छ ।
- नेप्से बढेमा प्रतिरोध ११५० मा पाउने देखिन्छ र घटेमा टेवा १११८ मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
केपी ओली कप फुटबल प्रतियोगिता सुरु
फागुन ११, २०८१ आइतबार
कास्कीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
फागुन ११, २०८१ आइतबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
आइतबार ११ अंकले बढेको बजारमा साढे ११ अर्बको शेयर कारोबार, २७५५ विन्दुमा रोकियो नेप्से
फागुन ११, २०८१ आइतबार
राष्ट्रियसभाले भन्यो, सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनू
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
केपी ओली कप फुटबल प्रतियोगिता सुरु
फागुन ११, २०८१ आइतबार
कास्कीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
फागुन ११, २०८१ आइतबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
आइतबार ११ अंकले बढेको बजारमा साढे ११ अर्बको शेयर कारोबार, २७५५ विन्दुमा रोकियो नेप्से
फागुन ११, २०८१ आइतबार
राष्ट्रियसभाले भन्यो, सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनू
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
केपी ओली कप फुटबल प्रतियोगिता सुरु
फागुन ११, २०८१ आइतबार
कास्कीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
फागुन ११, २०८१ आइतबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
आइतबार ११ अंकले बढेको बजारमा साढे ११ अर्बको शेयर कारोबार, २७५५ विन्दुमा रोकियो नेप्से
फागुन ११, २०८१ आइतबार