अटेरी बैंककाे वास्तविक मुल्य भन्दा धेरैमा किन कारोवार भैरहेछ शेयरबजारमा ?

आर्थिक संवाददाता
मंसिर १९, २०७६ शुक्रबार ०:१९:३६

१९ मंसिर, काठमाडाैं । शहर केन्द्रित व्यापारमा मात्र बेलुन झैँ फुलेको एभरेष्ट बैंक नेपाल लिमिटेड संचालनमा आएको २५ वर्ष पुगेता पनि आम नेपालीको घरदैलोमा भने पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकको नीति निर्देशनहरु पालना गर्ने काममा यो बैंक सदैव अटेरी रहेको देखिन्छ ।
किनकी देश संघियतामा गएसँगै हरेक गाउँपालिका र नगरपालिकामा शाखा खोल्नुपर्ने राष्ट्र बैंकको बाध्यात्मक प्रावधानलाई यस बैंकले अहिलेसम्म मानिरहेको छैन । विदेशी बैंकको लगानीका नाममा गाउँतर्फ शाखा विस्तार गर्न अटेरी गर्नेमा यो बैंकसँगै एसबीआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड समेत रहेका छन् ।
गाउँपालिका तथा नगरपालिकामा सरकारको नितीनिर्देशन बमोजिम निजी क्षेत्रका अन्य बाणिज्य बैंकहरुको शाखा कसले पहिला खोल्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला एभरेष्ट बैंकले भने गाउँतर्फ नजाने अड्डी कसेर बसेको छ । निजी क्षेत्रका अन्य बैंकलाई गाउँ जान बाध्य पार्ने राष्ट्र बैंकले एभरेष्ट,एसबीआई र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई भने लगाम कस्न सकेको छैन् ।
बैंक स्थापना भए देखिनै संस्थापक अध्यक्ष रहेका नेपाली मुलका इन्डियन बिके श्रेष्ठ अहिले पनि एभरेष्ट बैंकमा नै अध्यक्ष बनेर आफ्नो हालिमुहाली चलाइरहेका छन् । उमेरको ९२ वर्षमा हिँडिरहेका श्रेष्ठ नेपाल राष्ट्र बैंकका कर्मचारीलाई हातमा लिन अनेक तिकडम गर्नेमध्ये एक पात्र हुन् ।
बेलाबखत राष्ट्र बैंकले तोकेको स्प्रेडदर र सीसीडी रेसियो पनि गोलमाल पार्न र नाफा कुम्ल्याउन माहिर श्रेष्ठ र यस बैंकको व्यवस्थापन टीमका कारण हरेक वर्ष बैंकले मुनाफा त कमाउँदै आएको छ । तर, त्यो कसरी आर्जन भएको छ ,वास्तविक हो होइन भन्ने केलाउने गरेको छैन् । स्थलगत अध्ययन प्रतिवेदनले कैफियत जनाएका अनेकौं विषयमा समेत राष्ट्र बैकको उच्च तहले आँखा चिम्लने गरेको छ । त्यस उपर राष्ट्र बैंकले नियन्त्रण, नियमन र कारबाहीको प्रक्रिया थालेको देखिँदैन ।
पहुँच र शक्तिको आडमा नेपालमा बैंकिङ व्यवसाय संचालन गर्दै आएका यस बैंकका संचालकलाई नाफाखोरको आरोप पनि लाग्ने गरेको छ । धराप अवस्थामा पुगेको पञ्जाब नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले सरकार र मन्त्रीलाई समेत प्रभावमा पारेर नेपालमा व्यापार गर्दै आएको देखिन्छ ।
नेपाल सरकारको लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक तथा कृषि विकास बैंकलाई छाडेर सरकारी कारोबार, भन्सार तथा राजस्व असुली, मन्त्रीहरुको तलबभत्ता जम्माका लागि के आधारमा एभरेष्ट बैंकलाई छनौट गरिएको छ ? जब कि नेपाली लगानीका बैंकहरु नै एकसय एक सक्षम छन । यो रहस्य भित्र सरकारी संयन्त्र नै फसेको देखिन्छ । नेपालको पूर्ण लगानीका तगडा बैंक हुँदाहुँदै मन्त्री जति सबैको खाता एभरेष्ट बैंकमा जाँदा गम्भिर सुचनाहरु समेत लिक हुने खतरा हुन्छ ।
खासगरी, एभरेष्ट बैंकमाथि नेपालका उच्च पदस्थहरुको सूचना गोप्य रुपमा बैकिङको बाहानामा भारतमा पुर्याउने गरेको आक्षेप लाग्दै आएको छ । बैंकले यस्तो आक्षेपको चित्तबुझ्दो खण्डन अहिलेसम्म गर्न सकेको छैन ।
यस बैंकका कतिपय तथ्यांकहरु सकारात्मक देखिएपनि व्यापार विस्तारमा भने पहिले भन्दा कमजोर र नाफाखोर प्रवृत्ति हावी देखिएको छ । जसका कारण सुचाङ्कहरु सबल र बलियो देखाएर कमजोर र धेरै शाखा सञ्जाल भएको बैंकलाई कौडीको मोलमा गाभ्न र नेपालमा व्यापार विस्तार गर्ने दाउमा एभरेष्ट बैंक रहेको छ ।
एभरेष्ट बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीकाे आर्थिक वर्ष ०७५/७६ को साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।
कम्पनीको लाभांशको इतिहास:
कम्पनीले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले २० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
हेरौं, कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
प्रथम त्रैमास कस्तो आयो ?
एभरेष्ट बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद मुनाफा जम्मा ९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
नोट : कम्पनीको खुद मुनाफालाई शेयर संख्याले भाग गरेर प्रतिशेयर आम्दानी निकालिएको छ ।
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा जम्मा ९ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ३१ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १ अर्ब ४३ करोड खुद व्याज आम्दानी गरेको छ ।
खुद मुनाफामा वृद्धि :
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ३३ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ६९ करोड ८ लाख खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा ९ प्रतिशतको वृद्धि देखिएको छ ।
प्रतिशेयर आम्दानीमा वृद्धि:
कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैंया ९ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैंया २५ पैसा थियो ।
जगेडा कोष, संचित मुनाफा बढ्दै :
कम्पनीको जगेडा कोष १६ प्रतिशतले वृद्धि भएको छ । अहिले जगेडा कोषमा ६ अर्ब ९६ करोड पुगेको छ । संचित मुनाफा भने २७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब १ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा २३ करोड ८४ लाख रकम छ ।
निक्षेप र कर्जा प्रवाह कस्तो ?
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन १२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह पनि १३ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेको छ । अन्य वाणिज्य बैंकले खासै निक्षेप र कर्जामा खासै वृद्धि गर्न नसकेको अवस्थामा यस बैंकले भने दुई अंकको वृद्धि हासिल गर्न सफल भएको छ ।
खराब कर्जा घट्यो :
गत वर्ष प्रथम त्रैमासमा शुन्य दशमलव २१ प्रतिशत रहेको खराब कर्जा अहिले भने ० दशमलव १७ प्रतिशत पुगेकाे छ ।
आधार व्याजदर घट्यो :
कम्पनीको अहिले आधार व्याजदर ८ दशमलव ५२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा आधार व्याजदर ८ दशमलव ८ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात १४ गुणा:
कम्पनीको मंसिर १९ गतेको बजार मूल्य ५४६ लाई आधार मान्दा कम्पनीको मूल्यआम्दानी अनुपात १६ दशमलव ०१ गुणा आउँछ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०९ पैसा र किताबी मूल्य २२६ रुपैयाँ ०७ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य ४१६ रुपैयाँ हुन आउँछ यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य ५४६ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा धेरैमा कारोवार भएको छ । कम्पनीको मंसिर १९ गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा प्रतिकित्ता १३० रुपैयाँ महँगो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात २ दशमलव ४१ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “ओभर भ्यालुड” क्षेत्रमा देखिन्छ ।
५२ हप्ताको उच्च-न्यून विन्दु:
कम्पनीको ५२ हप्ताको उच्च विन्दु ६८१ रुपैयाँ प्रतिकित्ता रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु प्रति कित्ता ५०४ रुपैयाँ रहेको छ । कम्पनीको अहिलेको बजार मूल्य ५४६ रुपैयाँ छ ।
कम्पनीको बजार मूल्य १८० दिनको औसत भन्दा थोरै:
कम्पनीको १८० दिनको औसत बजार मूल्य ६११ रुपैयाँ रहेकोमा दोश्रो बजारमा कम्पनीको शेयर मूल्य त्यो भन्दा थोरैमा कारोवार भएको देखिन्छ ।
निस्कर्ष:
कम्पनीले आर्थिक वर्ष ०७५/७६ को लागि प्रस्ताव गरेको लाभांश र कम्पनीको अहिलेको बजार मूल्यलाई आधार मान्दा प्रतिफल केही कम रहेको प्रस्ट देखिन्छ । अन्य बैंकले आक्रामक रुपमा कर्जा र निक्षेप वृद्धि गर्न नसकेको अवस्थामा अन्य बैंकको तुलनामा एभ्रेष्ट बैंकले दोहोरो अंकमा निक्षेप र कर्जा प्रवाहमा वृद्धि गर्न सफल भएको देखिन्छ । आधार व्याजदर ९ प्रतिशत भन्दा कम हुनु सकारात्मक रुपमा लिन सकिन्छ । सीसीडी अनुपात ७५ प्रतिशत भन्दा कम रहेको अवस्थामा कम्पनीलाई अन्य केही बैंकको तुलनामा कर्जा प्रवाह गर्न सहज देखिन्छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार
नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन
फागुन ११, २०८१ आइतबार
पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती
फागुन ११, २०८१ आइतबार
मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार