प्रहरी महानिरीक्षक खनालले गरे प्रदेश १ र २मा भिडियो कन्फ्रेन्सबाट अन्तरक्रिया
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार २३:५४:१
१९ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्स गरी १ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानका अभियन्ताहरुसँग अन्तरक्रिया गरेका छन्।
उक्त अभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा संचालन भइरहेका जनचेतनामूलक कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रहरी महानिरीक्षक खनालले मातहतका निकायहरुसँग अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्न अन्तरक्रियामा सहभागि जिल्लास्थित विभिन्न महिला सञ्जालका अध्यक्ष तथा पदाधिकारीहरुले दिएको सुझावलाई कार्यान्वयन गर्न आपसी समन्वय गरी अगाडि बढ्ने बताएका थिए ।
साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा सम्बन्धित कामहरुबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग जानकारी लिँदै उनले महिला संजालको भूमिकालाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई शून्य सहनशीलता विधिको माध्यमद्वारा निस्तेज गर्न निरन्तर अभियानकै रुपमा अघि बढ्न एवं त्यसलाई थप प्रभावकारी बनाउन विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
आजका प्रहरी बुलेटिनहरु थप
हराएका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई
महानगरीय अपराध महाशाखा टेकुले उपत्यकाका विभिन्न स्थानबाट हराएका सर्बसाधारणको ३३ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको जानकारी दिएकोछ ।
उपत्यकाको विभिन्न स्थानबाट सर्वसाधारणको मोबाइल हराउने तथा चोरी हुने गरेको जनगुनासोको आधारमा उक्त महाशाखाबाट मोबाइल खोजतलास अभियान संचालन गरी बिभिन्न स्थानबाट हराएका मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको सो महाशाखाले जनाएको छ । साथै फेला नपरेका मोवाइल सेटहरुको खोजतलास तथा अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिबन्धित लागूऔषध सहित पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय १० ट्याब्लेट सहित धनुषा सबेला नगरपालिका–९ घर भएका २० वर्षीय अतिशुभ ठाकुर बिरहीलाई बिहीबार बिहान बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ आउँदै गरेको ना–७ ख ३५०८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।
सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
पाल्पा, तिनाउ गाउँपालिका(५ चौविसमाईलस्थित सडकमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु.१ ज ४२०९ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक रैनादेवी छहरा गाउँपालिका–५ बस्ने २६ वर्षीय दिलिप बम्रेल र सह(चालक रैनादेवी छहरा गाउँपालिका–४ बस्ने २५ वर्षीय कृष्ण कार्की रहेका छन् ।
नबलपरासी(पूर्व), हुप्सेकोट गाउँपालिका–५ पाङरेस्थित सडकमा ना–२८ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बुद्ध बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बुलिनटार गाउँपालिका–६ बस्ने ५२ वर्षीय रामजी श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ ।
सर्लाही, मलगंवा नगरपालिका–११ गम्हरियास्थित सडकमा ना ४३ प ५६९१ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा पैदलयात्री गणेशिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
धनुषा, मिथिला नगरपालिका–२ जनकपुर ढल्केवरस्थित सडकमा ज।१ त ५८८६ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा पैदलयात्री महोत्तरीका २७ वर्षीया संगिता ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
नबलपरासी(पश्चिम), पाल्हीनन्दन गाउँपालिका–२ पिपरहवा बस्ने २५ वर्षीय जयहिन्द नाउँको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा विद्युतको काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाल्पा, निस्दी गाउँपालिका ५ बेलौंजीखोलास्थित राष्ट्रिय प्रसारण लालीगुराँस सामुदायिक विद्युत प्राधिकरणको आयोजनामा मेन लाईन जोड्ने क्रममा करेन्ट लागेर धादिङ रोलाङ गाउँपालिका(४ बस्ने २६ वर्षीय नेत्र बहादुर विसुन्केको घटनास्थलमै बिहीबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तनहुँ, बन्दिपुर गाउँपालिका–४ डुम्रे बजार बस्ने पूर्ण बहादुर मानन्धरले संञ्चालन गर्दै आएको कपास पेल्ने मेसिनमा बिहीबार बिहान आगलागी हुँदा उक्त मेसिन र कपडा समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङ, गढवा गाउँपालिका–६ थानदेउखुरी बस्ने हुर्मत यादवको कपास उद्योगमा कपडा पेल्ने क्रममा मेसिनमा बिहीबार बिहान आगलागी हुँदा कपडा उक्त मेसिन, घर र कपडाहरु समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका–३ पोर्ताहा बस्ने शिवनरायण भिन्दारको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा भिन्दारको समेत ४ जनाको घर जलेर करिब १० लाख २३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार
रौतहटमा फैलियो झाडापखाला, केहीमा हैजाको संकेत !
असोज ४, २०८१ शुक्रबार
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
असोज ४, २०८१ शुक्रबार
अल्जाइमरको नयाँ औषधिको आविष्कार सफलता कि मृगतृष्णा ?
असोज ४, २०८१ शुक्रबार
गोरखा मिडियाको कारोबारमा ऋणको प्रक्रिया र शेयर हस्तान्तरणको कागजात नै फर्जी
असोज ४, २०८१ शुक्रबार