आफ्ना सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ शुक्रबार १:२२:११
![](https://nepalbahas.prixacdn.net/media/albums/Change-of-season_XysOgO2jbQ.jpg)
१९ मंसिर एजेन्सी । विश्वभरका अभिभावकले आफ्ना सन्ततिको भविष्यका लागि जलवायु परिवर्तनको समस्याबारे गम्भीर भएर सोच्न बिहीबार आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलनमा भाग लिन स्पेनको राजधानी म्याड्रिडमा पुगेका सरकारका प्रतिनिधिहरूलाई जलवायु परिवर्तन समस्या नियन्त्रणका मुद्दामा काम गर्ने विभिन्न २७ देशका २२२ संस्थामार्फत् अभिभावकले उक्त ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण घोषणा पत्रमा भनिएको छ, “हाम्रा बालबालिकालाई उनीहरूका लागि योग्य भविष्य प्रदान गर ।” “हाम्रा सन्ततिलाई जलवायु परिवर्तनको र पर्यावरणीय सङ्कटको अवस्थालाई सुम्पिइँदै छ । जुन पीडादायी रहेको छ ।”
जलवायु समस्या मुद्दालाई लिएर किशोर तथा युवाको नेतृत्व गर्दै अधिकारकर्मी ग्रेटा थुनवर्गले शुक्रबार स्पेनी राजधानीमा सन्ततिका लागि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । उनले भने, “सम्मेलन भइरहेको शहरमा हुने प्रदर्शन सम्मेलनमा सहभागी हुने विश्व नेताहरूलाई जलवायु परिवर्तनको मुद्दामा ध्यानाकर्षण गर्नका लागि हो ।”
गत बर्ष थुनवर्गद्वारा स्वीडेनी संसदका अगाडि गरेको एकल प्रदर्शनपछि विद्यार्थीको नेतृत्वमा जलवायु परिवर्तन समस्यामा गम्भीर बन्न गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलनको पूर्वसन्ध्यामा गरिएको विश्वव्यापी आन्दोलन बनेको थियो ।
“पच्चिसौँ जलवायु परिवर्तन सम्मेलन ९कोप२५० मा सहभागी हुने विश्वका सरकार प्रतिनिधिहरू अभिभावक पनि भएकाले हामीले विशेषतः उनीहरूसँग जलवायु परिवर्तन समस्याको मुद्दालाई गम्भीरताका साथ लिन अनुरोध गर्छौँ ।”
“जलवायु परिवर्तनले निम्त्याएका सङ्कट हाम्रा बालबालिकाद्वारा सिर्जित समस्या नभएकाले यसमा उनीहरूको जिम्मेवारी रहँदैन । यो त हामी बयस्क तथा अभिभावकको कर्तब्य हो ।”
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गत सोमबारदेखि म्याड्रिडमा सुरू भएको छ । सम्मेलनले जलवायु परिवर्तनबारे पेरिस जलवायु सम्झौताले निर्धाराण गरेका कानूनलाई कार्यान्वयनमा लाने सम्बन्धमा नै केन्द्रित हुनेछ ।
सार्वजनिक वृत्तबाट समस्याबारे बढ्दो चासोबीच पनि कार्बन उत्सर्जनका हिसाबले विश्वका प्रमुख राष्ट्रहरूले थोरैमात्र ध्यान दिएका छन् वा कतिपयले यस समस्या सुधारका लागि कुनै चासो दिएको पाइदैन ।
समग्रमा विश्वले कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तन र विश्व तापमान वृद्धिको समस्यालाई कम गर्न आवश्यकता अनुसार सोचेको नदेखिएको वैज्ञानिकहरूको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदीले विश्वका १०२ देशमा सातसय टन खजुर वितरण गर्ने
फागुन ६, २०८१ मंगलबार
क्यानडामा हिउँमा चिप्लिएर विमान पल्टिँदा १९ जना गम्भीर घाइते
फागुन ६, २०८१ मंगलबार
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
साउदीले विश्वका १०२ देशमा सातसय टन खजुर वितरण गर्ने
फागुन ६, २०८१ मंगलबार
नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ
फागुन ६, २०८१ मंगलबार
क्यानडामा हिउँमा चिप्लिएर विमान पल्टिँदा १९ जना गम्भीर घाइते
फागुन ६, २०८१ मंगलबार
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
फागुन ६, २०८१ मंगलबार
रि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार