खाडीचौर–चरिकोट सडकखण्ड निमार्ण द्रुतगतिमा गर्ने सहमति
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार १५:४०:६
२० मंसिर दोलखा । ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ । सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो ।
लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिसहितको बैठकले सडक स्तरोन्नतिलाई द्रुतगति दिने सहमति भएको नागरिक अगुवा रमेश खतिवडाले बताए।
बैठकमा सहमति भएअनुसार मुढे–चरिकोट ३० किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शङ्कर माली निर्माण सेवाले तत्काल चरिकोट तथा मुडे दुवैतर्फबाट सडक स्तरोन्नतिको काम थालनी गर्ने भएको बताइएको छ । यस्तै पुस मसान्तभित्र सवबेश र ग्रावेलको काम गर्ने तथा फागुनको तेस्रो साताभित्र कालोपत्र शुरु गरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने सहमति भएको अर्का नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए ।
यस्तै खाडीचौर–मुडे २५ किलोमिटर सडकखण्डको सडक स्तरोन्नतिको काम जिम्मा लिएको सिमाञ्चल÷गौरीपार्वती÷सुनौला खिम्ती जेभीले पनि १० दिनभित्र यातायात सहजरूपमा सञ्चालन हुनेगरी सडकका खाल्डाखुल्डी पुरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बैठकमा संलग्न नगरिक अगुवा मास्केको भनाइ छ ।
खाडीचौर–चरिकोट सडक विस्तारमा भएको ढिलाइका कारण सडक वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भई सिन्धुपाल्चोक तथा दोलखाका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार