सरकारद्धारा एईसीसीका संचालक लोचन परिवारको नेपाली नागरिकता खारेज
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार १९:१९:९
२० मंसिर, काठमाडौं । विश्वभर नै शैक्षिक परामर्शदाताको काम गर्ने तथा नेपालमा पनि एईसीसी ग्लोबल प्रा.लि.को नाममा लामो समयदेखि काम गर्दै आएका सञ्चालक मध्येकै एक लोचन परिवारको वंशजका आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल सरकारले रद्द गरेको छ ।
लोचनकुमारी हरलालकासँगै उनका पति जयप्रकाश अग्रवाल र जेठा छोरा रंजीत अग्रवालले झुटो विवरण पेश गरि जन्मको आधारमा लिएको नेपाली नागरिकता सरकारले खारेज गरिदिएको हो । लोचन परिवारका बाँकी सदस्यको नागरिकतासमेत खारेजी प्रक्रियामा रहेको छ ।
गत २०७६ कार्तिक २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले जिप्रका पर्साको सिफारिसका आधारमा लोचनले वंशजका आधारमा मिति २०३५ भदौ ११ गते जिप्रका पर्साबाट पाएको ना.प्र.प.नं. १६०३०६२७४ खारेज गरिदिएको छ । साथै लोचनका पति जयप्रकाशले जन्मका आधारमा पर्साबाटै २०६३ चैत २८ गते पाएको ना.प्र.प.नं. ३४३०२२-१३-१०८१ र लोचनकै जेठा छोरा रंजीतले जन्मका आधारमा जिप्रका पर्साबाट मिति २०६३ चैत २९ गते पाएको ना.प्र.प.नं. ३४३०२२-१३-१३१३ लाई नेपाल नागरिकता ऐन २०६३ को दफा १४(१) का आधारमा नेपाल सरकारले खारेज गर्ने निर्णय गरेको हो ।
नागरिकता ऐन २०६३ को दफा १४(१) मा उल्लेख छ– ‘कुनै विदेशी व्यक्तिले झुठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र पाएको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ ।’
सरकारले नागरिकता ऐनको यही दफाको प्रयोग गरेर लोचनसमेत उनका पति र छोराको नागरिकता हटाए पनि छोरी रुबी अग्रवाल, बुहारी तथा रंजीतकी श्रीमती प्रीति एवं छोरा रोनक र छोरी वन्याले पाएको नागरिकता पनि खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । जबकि यी सबै एउटै प्रक्रियाबाट खारेज हुनुपर्ने हो । घरमूलीको नागरिकता खारेज भएपछि छोरी–ज्वाइँ, बुहारी, नाति–नातिनीको नागरिकताको कुनै अर्थ रहँदैन । यसमा जिप्रका पर्सा चुकेको छ ।
लोचन र निजका परिवारले नक्कली विवरणका आधारमा नागरिकता पाएको भन्दै जिप्रका पर्सामा परेको सप्रमाण उजुरीको छानबिनबाट निजहरुले पाएको नागरिकता नक्कली विवरणका आधारमा भएको खुल्न आएपछि जिप्रकाले लोचन र निजका परिवारको नेपाली नागरिकता रद्द गर्न र निजहरुको नेपालमा रहेको सम्पत्ति रोक्का गर्नका लागि गृह मन्त्रालयमा सक्कल मिसिलसहित २०७६ भाद्र २९ गते पत्राचार गरेको छ ।
जिप्रकाको यो कारबाहीसँगै निजका नाममा रहेको वीरगन्ज र काठमाडौंंको घरलगायत सम्पत्ति यतिबेला धरापमा परेको छ भने निजले वीरगन्ज र काठमाडौंंको घर बैंकमा राखेर ऋण निकालेकै कारण यतिबेला ऋण प्रवाह गर्ने बैंकको लगानीसमेत जोखिममा पर्न गएको छ ।
लोचनकुमारी हरलालकाको परिवारले जन्मको आधारमा नेपाली नागरिकता लिएको दिनमा नै भारतीय नागरिकता समाप्त
भारतीय नागरिकले जन्मको आधारमा नेपालमा नागरिकता लिएको दिनदेखि नै उसको भारतीय नागरिकताको अधिकार समाप्त हुन्छ । र, जुन दिन नेपाल सरकारले उसको गलत नागरिकता खारेज गर्छ– त्यही दिन उक्त व्यक्तिको अवस्था राज्यविहीन नागरिकको रूपमा हुन जान्छ, किनभने नेपाल र भारतमा दोहोरो नागरिकतालाई मान्यता छैन ।
गृहसचिव प्रेमकुमार राईको निर्देशनमा सहसचिव नारायणप्रसाद शर्मा दुवाडी, उपसचिव मित्रलाल शर्मा, शाखा अधिकृत अरुण सापकोटा र नारायण न्यौपानेलगायतको सक्रियताले अहिले नेपालमा नक्कली नागरिकता खारेज प्रक्रियाले प्राथमिकता पाएको छ ।
नागरिकता त यसअघि पनि धेरैको खारेज भएकै हो । तर, राज्यविहीन नागरिकको प्रसंग उठेको थिएन र त्यसको डर पनि थिएन । यतिबेला भने यो विषय चर्चाको शिखरमा पुगेको छ । यो विषयमा कार्यान्वयनका लागि देशमा मात्रै होइन– भारत सरकारसँगै उच्चस्तरीय छलफल गर्नुपर्ने बेला भएको छ ।
भारतीय राहदानीबाट अष्ट्रेलिया गएका र हाल अष्ट्रेलियन नागरिक सोनु अग्रवालमाथि नेपाल, भारत र अष्ट्रेलियामा पनि अनुसन्धान अन्तिम चरणमा
लोचनका कान्छा छोरा सोनु अग्रवालले लिएको नक्कली नेपाली नागरिकतासमेत छानविनमा रहेकाले जहाँबाटै जति नै बाधा–अवरोध पु¥याए पनि छिट्टै खारेज हुँदैछ । अझ एकै परिवारका पाँच सदस्यमध्ये चारजनाको जन्म नेपालमा नै भएको हो भने सोनु कसरी भारतीय नागरिक भए भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
भारतीय राहदानीबाट अष्ट्रेलिया गएका र हाल अष्ट्रेलियन नागरिक भएका सोनुमाथि नेपाल, भारत र अष्ट्रेलियामा पनि अनुसन्धान अन्तिम चरणमा छ । सोनुले १०–०२–२००४ मा भारतको राहदानी पाउँदा आफ्नो जन्ममिति ०७–०२–१९८३ उल्लेख गरेको र अष्ट्रेलियन नागरिकता पाइसकेपछि लिएको पासपोर्टमा भने जन्ममिति २९–०१–१९८४ उल्लेख छ । यसै प्रकरणमा भारतीय अधिकारीले बढाएको छानबिनकै क्रममा सोनुका पिताको भारतीय मतदाता परिचयपत्रमा विहारीलाल अग्रवाल भएको पाइएको छ ।
तर, सोनुले लिएको भारतीय राहदानीमा विहारीलालका माइला भाइ जयप्रकाशनारायण अग्रवालको नाम बुबाको महलमा उल्लेख छ । सोनुको भारतीय राहदानीमा आमाको नाम सुलोचनादेवी छ । तर, १३–०१–२००६ मा सो राहदानीमा संशोधन गराई आमाको नाम लोचनकुमारी हरलालका पारिएको छ अर्थात् यी सबै प्रयोग नक्कली नागरिकता छोप्नका लागि गरिएको स्पष्ट छ ।
१. लोचनकुमारी हरलालकाको परिवारले जन्मको आधारमा नेपाली नागरिकता लिएको दिनमा नै भारतीय नागरिकता समाप्त
२. लोचन परिवारको नेपाली नागरिकता पनि सरकारबाट खारेज
– जिल्ला प्रशासन कार्यालयले उजुरीमा उल्लेखित नामको मात्रै अनुसन्धान गर्ने होइन– सपरिवार नागरिकता खारेजको प्रक्रिया एकै पटकमा गर्नुपर्छ
३. भारतीय राहदानीबाट अष्ट्रेलिया गएका र हाल अष्ट्रेलियन नागरिक सोनु अग्रवालमाथि नेपाल, भारत र अष्ट्रेलियामा पनि अनुसन्धान अन्तिम चरणमा
– सोनुले लिएको नक्कली नेपाली–भारतीय र अष्ट्रेलिया नागरिकता पनि छिट्टै खारेज हुँदैछ
– लोचन परिवारका पाँच सदस्यमध्ये चारजनाको जन्म नेपालमा नै भएको हो भने सोनु कसरी भारतीय नागरिक ?
४. भारतमा ठगीको कसुरमा लोचन, रंजीत र सोनुमाथि एफआईआर
ठगीको कसुरमा लोचन, रंजीत र सोनुमाथि भारतमा एफआईआर
सोनुले भारतमा लिएको भारतीय पासपोर्ट नक्कली विवरण उल्लेख गरी लिएको व्यहोरासहित गत जुलाई २५, २०१९ मा भारतको इन्दौरनिवासी दीपक मोहनलाल खट्वाले भारत सरकारको विदेश मन्त्रालय पासपोर्ट विभाग प्रमुखलाई निवेदन दिएका थिए । उक्त निवेदनको कारबाही अघि बढाउने क्रममा भारतीय विदेश मन्त्रालयका पासपोर्ट विभागका प्रमुख अधिकारीले सेप्टेम्बर १३, २०१९ मा आदेश दिएपछि यतिबेला सोनुको भारतीय नागरिकता पनि खारेज हुने प्रक्रियामा छ ।
लोचन र रंजीतले अहिलेसम्म नेपालबाट फरार नै रहेर भारतमा लुकिछिपी आफ्नो ठगीलाई निरन्तरता दिँदै आएको बुझिएको छ । यसैबीच २०१९ जुलाई २५ मा खटवाले लोचन, रंजीत र सोनुविरुद्ध आफूलाई अष्ट्रेलियामा जागिर दिलाइदिने प्रलोभनमा पारी स्थानीय प्रहरी उपरीक्षक रुचीवर्धन मिश्रसमक्ष दुई लाख भारतीय रुपैयाँ ठगेको र नक्कली भारतीय पासपोर्ट भएको भन्दै खट्वाले दिएको उजुरीका आधारमा एफआईआर दर्ता भएको छ ।
कसरी हुन्छ नागरिकता खारेज ? के छ कानुनी प्रावधान ?
कुनैपनि भारतीय नागरिकले नेपाली नागरिकता लिएको पाइएमा वा थाहा भएमा स्थानीय जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिन्छ । त्यसबाहेक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, प्रहरी, अख्तियार, स्थानीय तह, वडालगायत अन्य निकायमा खबर दिएपनि सम्बन्धित निकाय, गृह मन्त्रालय हुँदै अन्तिममा जिप्रकामा नै पुग्छ । त्यसबारे प्रमुख जिल्ला अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पत्राचार गर्नसक्छन् ।
त्यसपछि दूतावासले सोको जानकारीसहित प्रतिउत्तर परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने नै हो । यसो भएपछि दोषी व्यक्तिमाथि शीघ्र कारबाही गरिन्छ । यो अवस्थामा त्यो व्यक्ति न नेपाली नागरिक रहन सक्छ, न त भारतीय नागरिक नै । अर्थात् ऊ राज्यविहीन नागरिक ‘स्टेटलेस सिटिजन’ बन्न पुग्छ । किनभने जुन दिन कुनैपनि भारतीय नागरिकले जन्मको आधारमा नेपाली नागरिकता लिन्छ– त्यसै दिनदेखि उसको भारतीय नागरिकता स्वतः खारेज हुन्छ ।
यसको मतलब यता नेपाल सरकारले नागरिकता खारेज कारबाही अघि बढाउँछ भने भारत सरकारले पनि कारबाहीस्वरूप उसको भारतीय नागरिक हुने पहिचान जस्तैः राहदानी, राशनकार्ड, आधारकार्ड, पेनकार्ड, मतदाता परिचयपत्र आदि सबै खिचेर उसले पाउने सबै सेवा–सुविधा बन्द गर्छ । नेपाल र भारतमा दोहोरो नागरिकताको कानुनी प्रावधान नै छैन । अझ भन्ने हो भने विवाह भएर आएकी भारतीय महिलाले आफ्नो नागरिकता त्यागेपछि मात्रै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ ।
छानविन र कारबाहीमा ढिला गर्ने-गराउने षड्यन्त्रकारी को–को हुन् ?
यसरी दोषी भनिएका व्यक्तिउपर छानविन र कारबाहीमा नाटक गर्दै ढिलासुस्ती हुन्छ, कारबाही नै नगरिदिनका लागि आर्थिक चलखेल, उच्च प्रभाव, भारतीय दबाव रहेको वा नेपाल सरकारको कुनै निकायको संरक्षणमा पक्षपोषण गरिएको हो भनेर बुझ्न गाह्रो छैन । कि त नागरिकता वितरण गर्ने अधिकृत र सर्जिमिन गर्ने व्यक्तिलाई जोगाउनका लागि सम्बन्धित जिल्लाका प्रजिअ, प्रजिअको कार्यालय, राजनीतिकर्मी, प्रभावशाली वा अन्य सरकारी उच्चपदस्थ व्यक्तिलगायतबाट बचाउ गरिएको हुन्छ ।
५. लोचनका सपरिवार अब राज्यविहीन नागरिक ‘स्टेटलेस सिटिजन’
– राज्यविहीन नागरिक ‘स्टेटलेस सिटिजन’ को कार्यान्वयनले नेपाल र भारतमा आपराधिक घटनामा कमी
– भारतीय नागरिकता गुमाउनुपरेमा कसैले पनि नेपालको नागरिकता लिँदैन
– अहिलेसम्म नक्कली नेपाली नागरिकता खारेज भएपनि वा नेपालमा अपराध गरेर भारत भाग्नुपरे पनि भारतीय नागरिकता कायम रहिरहन्थ्यो, तर अब रहँदैन
– नेपालमा अपराध गरेर भारतमा आफ्नो पुरानो पहिचानलाई निरन्तरता दिने र भारतमा अपराध गरी पहिचान लुकाएर नेपाल बस्दै आउनेको संख्या पनि उत्तिकै बढिरहेको छ
– राज्यविहीन नागरिक ‘स्टेटलेस सिटिजन’ को कार्यान्वयनले नेपालको नक्कली नागरिकता लिएका लाखौं जना भारत जाने निश्चित
– दोहोरो नागरिकताको फाइदा लिएर आपराधिक कार्य गर्न पल्केका व्यक्तिविरुद्ध कडा नीति अख्तियारस्वरुप राज्यविहीन नागरिक ‘स्टेटलेस सिटिजन’ देशको विशेष एजेन्डा बन्नुपर्छ
– दोहोरो नागरिकताले निम्त्याएको गम्भीर प्रश्न
– अवसरवादी व्यक्ति कुनै पनि देशको वफादार नागरिक हुन सक्दैन
भारतीय दूतावासले किन ग¥यो बेवास्ता ? जयप्रकाश अग्रवाल ‘रअ’ को एजेन्ट भएकै कारण हो ?
सबै निकायले आ-आफ्नो स्थानबाट इमानदारीपूर्वक भूमिका निर्वाह गर्दा गर्दै पनि भारतीय दूतावासबाट हेलचक्र्याइँ–ढिलासुस्तीमात्रै होइन– परराष्ट्र मन्त्रालयको दुईवटा पत्रको बेवास्ता गरिन्छ भने नेपालको परराष्ट्र मन्त्रालयमाथि भारतीय दूतावास हावी हुँदै कतिसम्म अनादर गर्दो रहेछ भन्ने स्पष्ट हुन्छ । नेपालका परराष्ट्रमन्त्रीको प्रयास पनि असफल हुनुका साथै कूटनीतिक रूपमा दुई देशबीच भित्री रूपमा प्रगाढ सम्बन्ध नभएको बुझिन्छ । अर्कातिर दोषी व्यक्ति जयप्रकाश अग्रवाल भारतीय गुप्तचर संस्था ‘रअ’ को एजेन्ट हो कि भनेर शंका गर्ने प्रशस्त ठाउँ रहन्छ ।
लोचन परिवारको नेपालमा चर्चित काण्ड
१. पक्राउ पुर्जी : २०७५ मंसिर २० गते काठमाडौंं जिल्ला अदालतबाट यस कम्पनीका ५० प्रतिशत शेयरधनी लोचन र उनका छोरा रंजीतको नाममा बैंकिङ ठगीको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । पक्राउ आदेश जारी गरेलगत्तै प्रहरीकै सूचनाका आधारमा उनीहरु मंसिर २२ गतेदेखि हालसम्म नेपालबाट फरार भएर भारतमा लुकीछिपी बस्दै आएको खुल्न आएको छ ।
रंजीतले अदालतबाट पक्राउ पुर्जीविरुद्ध ०७५ फागुन २१ गते निषेधाज्ञाका लागि मुद्दा नं. ०७५–WO-०६२३ उच्च अदालत पाटनमा दर्ता गरेका थिए । उच्च अदालतले ०७५ फागुन २३ गते निषेधाज्ञाको माग अस्वीकार ग¥यो । र, ०७६ भाद्र ११ गते रिट नै खारेज ग¥यो ।
२. ब्याट्री चोरी : लोचनकै जेठा छोरा रंजीतलाई गोल्छा अर्गनाइजेशन (हुलास पावर)को ब्याट्री चोरेको अभियोगमा २०७२ चैत ७ गते चितवन जिल्ला अदालतले १ महिना जेल र करिब ५४ लाख रुपैयाँ जरिवानासमेत तिराएको थियो ।
३. राजस्व ठगी : २०६९ भाद्र महिनामा लोचनको प्रोप्राइटरसीपमा भएको वनशक्ति ट्रेडर्स र जय वनशक्ति टे«डर्समा रहेको बिना भन्सारको एउटा गाडी आफ्नै गोदाम भलई चोक (कलैया रोड) बाट गण्डकमा कर्मचारीसहित प्रहरीले समातेर वीरगंज भन्सारमा बुझाएको थियो ।
४. गौशालामा चोरी : भारत, बिहारको मोतिहारी जिल्लास्थित चौलाहा गौशालामा कार्यरत जयप्रकाश अग्रवालले ३ सय ५० एकड जग्गाको लालपूर्जा चोरी गरेर नेपाल प्रवेश गरेको बताइन्छ । यस कार्यमा शशीकान्त खेतान (अग्रवाल)को नातेदार बिहारनिवासी कृष्णमोहन भरतीयाको पनि संलग्नता रहेको बताइएको छ ।
दुई बिरालो (सौरभ र सोनु) लाई भिडाएर फाइदा लिन बाँदरको भूमिका खेल्ने शशीकान्त खेतान र गौरव अग्रवाल आजसम्म सफल भएपनि पीडितले अवश्य न्याय पाउँछन्
एईसीसी ग्लोबल प्रा.लि. अष्टे«लिया र अन्य देशमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श उपलब्ध गराउने ध्येयले अष्टे«लियामा दर्ता भएको कम्पनी हो । र, यसले ९ देशमा २७ शाखा कार्यालय खोलेर काम गर्दै आए पनि नेपालमा भने यो कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७५ साउन २६ गतेसम्म लोचन र सौरभ वैध ५०/५० प्रतिशतको साझेदार रही दर्ता भएको थियो ।
यस्तै अष्ट्रेलियालगायतमा दर्ता भएको यही कम्पनीमा भने लोचनका कान्छा छोरा सोनु र सौरभ बैधको आधा–आधा हिस्सा रहेको थियो । नेपाल, भारत, अष्टे«लिया, सिंगापुरलगायतमा यस कम्पनीको स्वामित्व हत्याउने ध्येयले सोनु अग्रवालले काठमाडौंमा रहेको कार्यालयबाट बेरीतले सौरभलाई अलग्याउन खोजेका थिए । सौरभ अष्ट्रेलियामा बसोबास गर्ने भएका कारण प्रत्येक बैठकमा नेपाल आउन सम्भव हुँदैनथ्यो । र, सोही कारण सौरभले आफ्नो शेयर बुबालाई बिक्री गर्न खोज्दा पहिलो हक लोचनको हुने कानुनी व्यवस्था दुरुपयोग गर्दै व्यवहारिकतालाई समेत उपहास गर्न खोजियो ।
त्यसपछि बाध्य भएर आफ्नो नाममा भएको कम्पनीको शेयर सौरभले बुबा राजेन्द्रकुमार बैधलाई अंशभर्पाइ गरी नामसारी गरिदिएपछि सोनुको योजना असफल भयो । त्यसपछि दुवै सञ्चालकबीच अझ तीव्र मतभेद र विवाद सिर्जना भएको थियो । यसैको परिणाम कम्पनीका तर्फबाट भन्दै गैरकानुनी ढंगले लोचन उच्च अदालत पाटनमा सौरभ र राजेन्द्रविरुद्ध मुद्दा दर्ता गर्न पुगे । विभिन्न अभियोगमा लोचनले बैध बाबु–छोराविरुद्ध दायर गरेका ९ वटा मुद्दा अदालतले अस्वीकारमात्र हैन– खारेज नै ग¥यो ।
काठमाडौं कार्यालयका व्यवस्थापक सचिनले कम्पनीलाई ऋणबापत उपलब्ध गराएको १० लाख रुपैयाँ मागेपछि कम्पनीकै अर्का व्यवस्थापक रंजीतले तलब र कमिशन बारे कुनै वास्तै नगरी बैंक खातामा एकल हस्ताक्षरको अख्तियारी नभए पनि १० लाखको चेक सचिनलाई दिँदै उनलाई ठग्ने काम भयो ।
तैपनि सचिनले धेरै प्रयास गरे । तर, सचिनलाई निजले पाउनुपर्ने तलब, कमिशनसमेत नदिई अवैध ढंगले लोचनले निस्कासन गरेका थिए । आफूलाई फर्जी चेक दिएर ठगेको विवरण खुलाउँदै सचिनले मिति २०७५ मंसिर १९ मा दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट लोचन र रंजीतविरुद्ध मिति २०७५ मंसिर २० गते पक्राउ पूर्जीको आदेश जारी गरेको थियो ।
अदालतले पक्राउ आदेश जारी गर्नासाथ भूमिगत हुनपुगेका लोचन र रंजीतबारे सम्बद्ध निकायले छानबिन थालेपछि भने उनीहरूको नागरिकतासमेत नक्कली रहेको पुष्टि हुन आएको थियो । वर्षको झण्डै ५० करोडको कारोबार रहेको यो कम्पनीबाट सौरभलाई निकालेर नेपालकै अर्का विवादास्पद उद्योगपति शशीकान्त खेतान (अग्रवाल)ले आफ्नो छोरा गौरवलाई उक्त कम्पनीमा भित्र्याउन चाहान्थे ।
त्यसैले लोचनसँग वीरगञ्जदेखिकै हिमचिम रहेका कारण शशीले आइपर्ने प्रशासनिक र अदालती झन्झटलाई आफूले सल्ट्याइदिने आश्वासनसमेत दिएर सौरभविरुद्ध उचालेकोमा अहिले एईसीसीको नेपालबाहेकका अन्य सबै शाखामा ५० प्रतिशतको शेयर हिस्सा आफ्ना छोरा गौरवलाई दिलाउन सफल भइसकेपछि नेपालमा लोचनमाथि आइलागेको संकटबाट मुक्त गर्न कुनै पहल नगरेकोमा आफू शशी र गौरवको लहैलहैमा लागेर बर्बाद भएको भन्दै आफूनिकटवर्तीहरुसँग सोनुले दुखेसो पोख्ने गरेको एईसीसीकै एक कर्मचारीले बताएका छन् ।
६. छानबिन र कारबाहीमा ढिला गर्ने÷गराउने षड्यन्त्रकारी को–को हुन् ?
७. भारतीय दूतावासले किन ग¥यो बेवास्ता ? जयप्रकाश अग्रवाल ‘रअ’ को एजेन्ट भएकै कारण हो ?
८. लोचन परिवारको नेपालमा चर्चित काण्ड
९. दुई बिरालो (सौरभ र सोनु) लाई भिडाएर फाइदा लिन बाँदरको भूमिका खेल्ने शशीकान्त खेतान र गौरव अग्रवाल आजसम्म सफल भए पनि पीडितले अवश्य न्याय पाउँछ ।
यस्तो छ इतिहास :
१. सुलोचनादेवी भन्ने लोचनकुमारी हरलालकाः वि.सं. २०३२ (१९७५) मा हरसिद्धि गाउँ, पूर्वी चम्पारण, विहार, भारत निवासी नेताराम अग्रवालको नाति कैलाशप्रसादको जेठो छोरा विहारीलाल अग्रवालसँग सुलोचनादेवी भन्ने लोचनकुमारी हरलालकाको विवाह भएको थियो । भारतमा हुँदा सबै कागजातमा सुलोचनादेवीका श्रीमान् र तीनजना बच्चाको नाममा विहारीलाल वा जयप्रकाशनारायण अग्रवाल उल्लेख छ ।
तर, नेपाल प्रवेशपछि लोचनकुमारी हरलालकाको पति र तीनजना बच्चाको कागजातमा बुबाको नाममा विहारीलालका आफ्नै माइला भाइ जयप्रकाश अग्रवालको नाम उल्लेख छ । हरसिद्धि गाउँको एउटै घरमा बस्ने सुलोचनादेवी र लोचनकुमारी हरलालका भन्ने दुईवटा श्रीमान्मा विहारीलाल अग्रवाल र देवर जयप्रकाश अग्रवालको सम्बन्ध आश्चर्यजनक मात्रै होइन– सामाजिक मान्यताको समेत उपहासमा छ ।
२. जयप्रकाश नारायण अग्रवालः जयप्रकाश चौलाहा गौशालामा कार्यरत थिए । उनका भाई रतनलाल र बुहारी मुन्नीदेवीको भनाइअनुसार, दाजु जयप्रकाशको भाउजू सुलोचनासँग अनैतिक सम्बन्ध भएपछि जयप्रकाशलाई हरिसिद्धि गाउँमा बस्न निकै कठिन देखिएपछि सपरिवार वीरगञ्जस्थित दाजु विहारीलालको ससुरालीमा आएर बस्न थाले ।
तर, हरिसिद्धि छाड्नुभन्दा पहिले चौलाहा गौशालाको ३ सय ५० एकड जग्गाका लालपूर्जासहित सम्पूर्ण कागजात र ठूल्ठूला मोटरपम्प चोरेर नेपाल ल्याउन सफल भए । यो चोरीलाई चौलाहा गौशालाका वर्तमान सचिव कृष्णमोहन भरतीयाले ढाकछोपको प्रयास गरिरहेका छन् । तर, चौलाहामा नै अनुसन्धानको क्रममा भारतीयकै साझेदारीमा जयप्रकाशले जग्गा बिक्री गर्ने गरेको पाइएको छ । बिक्री भइसकेको गौशालाको सो जग्गाको धेरै भाग अरुले नै भोगचलन गरिरहेका छन् ।
३. विकास र रंजीतः व्यक्ति एक, नाम दुई, भारतमा विकास र रंजीत तथा नेपालमा रंजीत अनि दुईवटा जन्ममिति भारतमा २०३४–६–६ (२२–९–१९७७) एवं नेपालमा २०३५–४–१६ (३१–७–१९७८) तथा आमाको नाम भारतमा सुलोचनादेवी र नेपालमा लोचनकुमारी दुई नाम भएपनि महिला भने एउटै हुन् । तर, बाबु दुईजना देखिन्छ ।
सुलोचनादेवीको २०३२ (१९७५) मा बिहारीलालसँग विवाह भएको होे र भारतीय मतदाता परिचयपत्रमा सुलोचनादेवीको श्रीमान्को नाममा विहारीलाल अग्रवाल उल्लेख छ । र, रंजीत र सोनुको भारतीय मतदाता परिचयपत्रमा बाबुको नाम विहारीलाल अग्रवाल उल्लेख छ । तर, सोनु अग्रवालको भारतीय राहदानी नम्बर E1455659 मा बाबुको नाम जयप्रकाश नारायण अग्रवाल उल्लेख छ ।
४. सोनु अग्रवालः सोनुको भारतीय मतदाता परिचयपत्रमा बाबुको नाम विहारीलाल अग्रवाल तर, सोनु अग्रवालको भारतीय राहदानी नम्बर E1455659 मा बाबुको नाम जयप्रकाश नारायण अग्रवाल उल्लेख छ । १०.२.२००४ मा जारी राहदानीमा सोनुको जन्ममिति २०३९.१०.२४ (७–२–१९८३) उल्लेख छ ।
जबकि १४.९.२००० मा नै पास गरेको एसएलसीको प्रमाणपत्रमा जन्ममिति २९.१.१९८४ उल्लेख छ । १३.१.२००६ मा आमाको नाम सुलोचनादेवीबाट लोचनकुमारी हरलालकामा परिवर्तन भएको छ । जन्ममिति र आमाको नाम परिवर्तन गर्नुको उद्देश्य के हो ? यी दुईवटा परिवर्तनले उनको सिंगो परिवार किर्ते काममा धेरै माहिर रहेको प्रमाणित हुन्छ ।
नाता प्रमाणितः ०६९.९.१८ (२.१.२०१३) वीरगञ्ज उपमहानगरपालिकाबाट आमा लोचनकुमारी हरलालका तथा छोराद्वय रंजीत र सोनु प्रमाणित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार