कार्यकारी अधिकारसहितको राष्ट्रपति बनाउने ओलीको तयारी !
इन्द्र रिजाल
मंसिर २०, २०७६ शुक्रबार १९:५६:५१
२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बिग्रँदो स्वास्थ्य अवस्थाले गर्दा मुलुकलाई नयाँ राजनीतिक कोर्समा हिडाउने षडयन्त्र हुन थालेको छ । हिजो मात्र अस्पतालबाट सरकारी निवास फर्केका प्रधानमन्त्री ओलीले गोप्य रुपमा गहन राजनीतिक छलफल गरिरहेका छन् ।
आफ्नो राजनीतिक उत्तराधिकारी तयार गर्न नसकेका ओली विस्तारै थकित बनेका छन् । केही समयपछि मृगौलाको दोस्रो प्रत्यारोपण गर्ने तयारीमा रहेका ओली कार्यकारी अधिकार अरुलाई सुम्पन तयार छैनन् । त्यसैले उनी देशमा सक्रिय राष्ट्रपतीय शासन पद्धति स्थापना गर्ने दाउमा रहेको स्रोतको दावी छ ।
अब हरेक क्षण स्वास्थ्यलाभ गर्न अस्पताल बस्नुपर्ने अवस्था आएकाले ओलीले केही समयपछि नै कार्यकारी अधिकारसहितको राष्ट्रपतीय पद्धति स्थापना गर्न संविधानमा संशोधन गर्ने तयारी थालेको सम्बद्ध स्रोतको दावी छ । स्रोतका अनुसार, संसद्को आगामी अधिवेशनबाटै संविधानमा संशोधन गरी त्यस्तो व्यवस्था गर्न लागिएको छ ।
यसका लागि उपयुुक्त पात्र भनेको राष्ट्रपति विद्यादेवी भण्डारी मात्र रहेको उनको बुझाई छ । त्यसैले उनले संसद्मा दुईतिहाई पु¥याउन संघीय समाजवादी फोरमलाई सत्तामा ल्याएका हुन् । पूर्वएमाले र माओवादी मात्र नभएर मधेशवादी दल समेत कार्यकारी राष्ट्रपतीय शासन पद्धतिको पक्षधर हुन् । त्यसैले सक्रिय राष्ट्रपतीय प्रणाली स्थापना गर्न संसद्मा दुईतिहाईको समर्थन जुटाइएको हो ।
यही मंसिर १० गते अकस्मात एपेन्टिसाइटिसको शल्यक्रिया गर्न अस्पताल पुगेका ओलीले यसबीच यस्तो मनस्थिति बनाएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । उपचारका क्रममा रहेका बेला अस्पताल पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले यस्तो सल्लाह गरिसकेका छन् । त्यसैले चीन जाने तयारीमा रहेका प्रचण्डले आफ्नो भ्रमण नै रद्ध गरेको बताइएको छ ।
ओलीपछि आफूलाई प्रधानमन्त्री बन्न सहज नभएको बुझाई प्रचण्डको छ । पूर्वएमाले पक्षबाट आफूलाई प्रधानमन्त्री बन्न अवरोध हुने आंकलन गरेका प्रचण्ड पनि चुनावी घोषणापत्र अनुसारको कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेका छन् । आफ्नो प्रधानमन्त्री कार्यकालको अन्तिम समयमा यस्तो संशोधन गर्ने सल्लाह ओलीले प्रचण्डसँग गरेका थिए । तर तारन्तार बिरामी पर्न थालेपछि भने उनको मनस्थिति बदलिएको हो ।
केही समयपछि नै मृगौलाको दोस्रो प्रत्यारोपण गर्ने तयारीमा रहेका ओली भरपर्दाे मानिसलाई मात्रै सत्ता सुम्पन तयार देखिएका छन् । यसका लागि उपयुुक्त पात्र भनेको राष्ट्रपति विद्यादेवी भण्डारी मात्र रहेको उनको बुझाई छ । त्यसैले उनले संसद्मा दुईतिहाई पु¥याउन संघीय समाजवादी फोरमलाई सत्तामा ल्याएका हुन् । पूर्वएमाले र माओवादी मात्र नभएर मधेशवादी दल समेत कार्यकारी राष्ट्रपतीय शासन पद्धतिको पक्षधर हुन् । त्यसैले सक्रिय राष्ट्रपतीय प्रणाली स्थापना गर्न संसद्मा दुईतिहाईको समर्थन जुटाइएको हो ।
अब बस्ने संसद् अधिवेशनले त्यस्तो संशोधन गर्ने दावी ओली निकट स्रोतले बताएको छ । फोरमले विगतमा उठाएको विषयमा समेत संशोधन गरी कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणालीमा जाने तयारी भएको हो । ओलीले यस्तो संशोधन प्रस्ताव गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बाहेक सबैको समर्थन रहने स्रोतको बुझाई छ । प्रधानमन्त्री ओलीले यसबारे राष्ट्रपति भण्डारीलाई अवगत गराइसकेका छन् ।
ओली भने पार्टीभित्र धेरै छलफल र सम्वाद गर्ने मनस्थितिमा छैनन् । धेरै हल्ला गरेर केही हुनेवाला छैन भन्दै ओलीले उपयुक्त वातावरण बनाउन प्रचण्डलाई भनिरहेका छन् । आगामी संसद अधिवेशनमा यो मुद्धा प्रवेश गराई टुंग्याउनु पर्ने सोच ओलीको रहेको छ ।
त्यसैले संभावित विरोधलाई निस्तेज पार्न आवश्यक रणनीति बनाउन ओलीले आफू निकट नेताहरुलाई बताइसकेका छन् ।प्रचण्ड पनि यसका लागि तयार रहेको स्रोतले बताएको छ । पार्टीभित्र वातावरण बनाउन ओलीले प्रचण्ड र महासचिव विष्णु पौडेललाई भनिसकेका छन् । अध्यक्ष प्रचण्डले यसबारे पार्टी नेता माधवकुमार नेपालसँग एकचरण छलफल गरेको स्रोतको दावी छ । सैद्धान्तिक रुपमा असहमत नभएपनि यसबारे राम्रै छलफल चलाउनु पर्ने राय नेपालले दिएका थिए ।
तर ओली भने यो मुद्धामा धेरै बहस चर्काउने भन्दा संविधान संशोधन गरेपछि आइपर्ने विरोधको सामना गर्ने मनस्थितिमा रहेको प्रचण्डले जानकारी गराएका थिए । प्रधानमन्त्री ओली पछिल्लो पटक बिरामी भएपछि नेता नेपालसँग भेट भएको छैन । ओलीसँग कुरा नगरी यसबारे कुनै टुंगोमा पुग्न सकिन्न भन्दै नेपालले प्रचण्डलाई विद्या भण्डारीलाई नै सक्रिय राष्ट्रपति बनाउने विषय पार्टीभित्र गम्भिर छलफल र समीक्षाको विषय भएको बताएका थिए ।
त्यसैले आगामी मंसिर २३ मा बस्ने भनिएको सचिवालय बैठकमा यसबारे छलफल हुने संभावना रहेको स्रोतको दावी छ । तर ओली भने पार्टीभित्र धेरै छलफल र सम्वाद गर्ने मनस्थितिमा छैनन् । धेरै हल्ला गरेर केही हुनेवाला छैन भन्दै ओलीले उपयुक्त वातावरण बनाउन प्रचण्डलाई भनिरहेका छन् । आगामी संसद अधिवेशनमा यो मुद्धा प्रवेश गराई टुंग्याउनु पर्ने सोच ओलीको रहेको छ ।
तर कम्युनिष्टहरुले आफ्नो रणनीति देउवालाई बताउने कुरै भएन – कांग्रेस केन्द्रीय सदस्य समेत रहेका एक युवा नेताले बताए । आगामी मंसिर २६ गते बस्ने केन्द्रीय कार्य समिति बैठकमा यो विषयमा कुरा उठाइने जानकारी उनले दिए ।
प्रतिपक्षी कांग्रेससँग राजनीतिक सहमति गरेर यस्तो संशोधन गर्न नसकिने भएकाले नै जवर्जस्ती पेलेरै भएपनि संशोधन गर्ने पक्षमा ओली रहेका छन् । कांग्रेस इतिहासमै कमजोर भएको यो अवस्थाको सदुपयोग गरौं , हाम्रो घोषणापत्रमा उल्लेख भएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली स्थापना गर्ने अवसर अहिले जस्तो सहज भोलि नहुन सक्छ भन्दै ओलीले प्रचण्डलाई समयको सदुपयोग गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।
सत्ता साझेदार संघीय फोरमसँग एकचरण वार्ता गरी संशोधन प्रक्रियामा प्रवेश गराउनु उपयुक्त हुने बुझाई ओलीको रहेको देखिन्छ । यस्तो तयारी भइरहेको छनक नेपाली कांग्रेसका केही नेताले पाइसकेका छन् । यसबारे नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई जनाउ दिएका छन् । सूचना पाए लगत्तै देउवाले नेकपा अध्यक्ष प्रचण्डलाई आफ्नै निवास बोलाएर हिजो मात्र चासो राखेका छन् । भेटमा प्रचण्डले त्यसबारे आफूलाई कुनै जानकारी नभएको जवाफ दिएका छन् ।
सभापति देउवा प्रचण्डको स्पष्टीकरणप्रति आश्वस्त भएका होलान् , तर कम्युनिष्टहरुले आफ्नो रणनीति देउवालाई बताउने कुरै भएन – कांग्रेस केन्द्रीय सदस्य समेत रहेका एक युवा नेताले बताए । आगामी मंसिर २६ गते बस्ने केन्द्रीय कार्य समिति बैठकमा यो विषयमा कुरा उठाइने जानकारी उनले दिए ।
ओलीले आफ्नो स्वास्थ्य कमजोर भएको अवस्थामा तत्काललाई विद्या भण्डारीमार्फत शासन गर्न चाहेका छन् । किनभने उनी ( ओली ) अरुलाई विश्वास गर्ने अवस्थामा छैनन् – पूर्व एमाले नेता भन्छन् – अहिलेलाई उनले सबैभन्दा पत्याएको व्यक्ति नै विद्या भण्डारी हुन् । त्यसैले उनी संविधान संशोधन गरी कम्तिमा पाँच वर्ष हालकै राष्ट्रपतिलाई सक्रिय बनाउने र त्यसपछि भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न लागेका हुन् ।
यस्तो प्रस्ताव मधेशवादी दलहरुले पनि विगतमा उठाएका हुन् । त्यसैले यस्तो व्यवस्था गर्न हुने संविधान संशोधनमा मधेशी दलको पूर्ण समर्थन रहने निश्चित छ । मधेशवादी दलका नेताको बुझाईमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाले कालान्तरमा आफूहरुलाई फाइदा पुग्ने छ ।
कारण जनसंख्याको झण्डै आधी भाग मधेशमा रहेको छ । त्यसैले मधेशी मूलको व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने संभावना प्रबल हुने देखिन्छ । त्यसैले यस्तो प्रस्तावमा अहिले प्रतिपक्षमै देखिएको राष्ट्रिय जनता पार्टीको समेत समर्थन प्राप्त हुने विश्वास प्रधानमन्त्री ओलीको रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार