सामुद्रिक चक्रवात पवनको कारण नेपालमा बदली
नेपालबहस संवाददाता
मंसिर २१, २०७६ शनिबार १३:५८:४७
२१ मंसिर काठमाडौं । अरब सागरमा रहेको सामुद्रिक चक्रवात पवनको प्रभाव नेपालमा पनि देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । पवनकै कारण नेपालमा बदली भएको मौसमविदले बताएका छन् ।
हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । शनिबार दिनभर पनि देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।
राति भने मौसम केही सफा हुनेछ । राति मध्य र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
पवनको प्रभाव मध्य हुँदै पूर्वी क्षेत्रमा सर्दै गएको मौसमविद वरुण पौडेलले जानकारी दिएका छन् । यसका कारण दिनभर आंशिक बदली भए पनि ठूलो प्रभाव भने नपर्ने उनले जानकारी दिए ।
पहाडी क्षेत्रका एक–दुई ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको उनले बताएका छन् । अधिकतम तापक्रम घट्दै जाने क्रम जारी रहेकाले देशभर जाडो बढिरहेको मौसमविदले बताए ।
काठमाडौँ उपत्यकामा शनिबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्रिसेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्न सक्ने जनाइएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २१ गते (शनिबार)
दिउँसो: देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर २२ गते (आइतबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर २३ गते (सोमबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार