भारतमा आज र भोलि हुने अन्तर्राष्ट्रिय कराँतेमा नेपालको सहभागिता
नेपालबहस संवाददाता
मंसिर २१, २०७६ शनिबार १६:२१:४९
२१ मंसिर, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको आग्रा शहरमा आज र भोली हुन गइरहेको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै छ ।
गत वर्ष झैँ यस वर्ष पनि तोयोकान नेपाल वादोरियो कराँते डो संघ, गोकर्णेश्वरले भारतमा हुने JKS ALL INDIA & INDO-CONTINENTAL INTERNATIONAL KARATE CHAMPIONSHIP-2019 मा नेपालको प्रतिनिधित्व गरेको छ । उक्त खेलमा सहभागि गत मंसिर १९ गते गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेका प्रमुख आतिथ्यतामा ९ सदस्य खेलाडिसहित अफिसियल टिमलाई विजयको प्रतिक रातोटिका र फुमालाका साथ विदाइ गरिएको थियो ।
नेपाल वादो महासंघका अध्यक्ष संजय लामाका अनुसार २०१९ डिसेम्बर ७ र ८ मा त्यहाँ सम्पन्न हुने खेलका लागि सहभागि हुने खेलाडीहरुमा सुहाना कार्की, अलिशा थापामगर, शिखा बजगाई, खुशी के.सी, स्वास्तीका मगर, विराज तामा, तिपसिङ्ग तामाङ, श्याम बा. वाइबा तामाङ र रन्जन कु. सापकोटा रहेका छन् । त्यसै गरी प्रमुख प्रशिक्षक अरुण कुमार कार्की, टिम म्यानेजर पेम्बा शेर्पा र संघका वरिष्ठ उपाध्यक्ष प्रेम कुमार श्रेष्ठ पनि साथै गएका छन् । गत वर्ष सहभागि भएको नेपाल टिम च्याम्पियन बन्दै २१ स्वर्णपद जितेर घर फर्किएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार