नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल
नेपालबहस संवाददाता
मंसिर २१, २०७६ शनिबार २३:१७:४६
२१ मंसिर काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा काभ्रे सेवा समाजको सातौँ साधारणसभामा बोल्दै मन्त्री बाँस्कोटाले नेपाली जमिनमा विदेशीको आँखा लाग्न नदिने बताए । नेपालको सार्वभौमसत्तालाई कुनै पनि देशले दख्खल दिन नहुने भन्दै उनले विचार र आस्था मिलेन भनेर मुड्की बजाएर नबस्न आग्रह पनि गरे ।
अहिले विनाशको समय नभएको भन्दै विकास निर्माणमा एक जुट हुनुपर्ने समय भएको उनको भनाइ छ । उनले असल हुनुभन्दा धनी हुन सिकाएकाले समाजमा विकृति देखिएको भन्दै विकृति अन्त्य गर्न सबैको साथ आवश्यक रहेकोमा जोड दिए ।
मन्त्री बास्कोटाले सरकार प्रचलित व्यवस्थाअनुसार विधिको शासन स्थापनामा लागेको बताए। समाज, पार्टी, व्यक्तिको लोकतान्त्रिकरण हुनुपर्ने बताए । व्यक्तिवादी सोचले अराजकता सिर्जना गराउने मन्त्री बाँस्कोटाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार