बरिष्ट ब्युटिसियन सोनीद्धारा मिनाको नयाँ व्युटिपार्लर उद्घाटन
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार १४:२८:२४
२२ मंसिर काठमाडौं । व्युटिसियन मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनी लामो समयदेखि कस्मेटिक व्यबसायमा सक्रिय थिईन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर ‘ब्लेसिङ ब्युटिपार्लर’ सुरु गरेकी हुन् ।
आफ्ना धर्मगुरुङकाट सफताको शुभकामनासहित प्राथना गराएर व्युटिसियन मिनाले सो पार्लरको उद्घाटन कार्यक्रम आयोजना गरेकी हुन् । रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर रबिभवनकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारंजितले रिवन काटेर ब्लेसिङ व्युटिपार्लरको उद्घाटन गरिन् ।
सो कार्यक्रमकी प्रमुख अतिथि एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितले आफ्ना विधार्थीहरुले यसरी व्युटिपार्लर खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको बताईन् । मिना दक्ष व्युटिसियन भएको र उनले व्युटिसियन सम्बन्धिसम्पूर्ण प्रशिक्षण पुरा गरेर आफ्नै पार्लर खोलेको भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् । बरिष्ट व्युटिसियन कारंजितले कुुसुन्ती क्षेत्रमा मिनाले राम्रो सेवा दिने विश्वास ब्यक्त गरिन् ।
व्युटिसियन मिनाले आधा दशकदेखि व्युटिपार्लर व्यबसायमा सक्रिय भए पनि रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा एक वर्षको थप डिप्लोमा कोर्ष पुरा गरेर आफुले यो व्युटिपार्लर सुरु गरेको कार्यक्रममा बताईन् । कुसुन्ती क्षेत्रमा सुविधायुक्त व्युटिपार्लर नभएको र यस क्षेत्रका सौन्दर्यप्रेमीहरुको चाहना अनुसार आफुले सुविधासम्पन्न यो व्युटिपार्लर सञ्चालनमा ल्याएको पनि मिनाले जानकारी गराईन् ।
आफ्नो पार्लरमा व्युटिसम्बन्धि सबै सेवा उपलब्ध रहेको र दक्ष व्युटिसियनबाट आफुले सेवा दिने गरेको पनि मिनाले बताईन् । कार्यक्रममा पत्रकार डब्बु क्षत्री, सरिता भारती, लक्ष्मण महर्जन, व्युटिसियन दीपा सुवेदीलगायत विभिन्न व्यक्तिहरुले मिनालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार