आज मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार १५:८:५१
२२ मंसिर काठमाडौं । अरब सागरमा पवन समुद्री चक्रवातीय प्रणालीको प्रभाव नेपालमा सकिएको छ। हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ। अरु क्षेत्रमा भने मौसम सफा रहेको छ । आइतबार दिनभर देशका मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम सफा रहेने मौसमविदले बताएका छन् ।
राति पनि मध्य र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली र अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २२ गते (आइतबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर २३ गते (सोमबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर २४ गते (मंगलबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
तराईमा हुस्सु र शितलहर जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल धनगढी, भैरहवा, जनकपुर, विराटनगर, आसपासका तराई भू(भागमा सामान्य हुस्सु र कुहिरोको लागेको छ।
तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था
केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
धनगढी | ९.० | १२०० |
नेपालगञ्ज | ११ | ९९९९(>१० कि.मि.) |
भैरहवा | 1२ | १५०० |
सिमरा | १३ | मौसम सफा |
जनकपुर | 1२ | २००० |
बिराटनगर | ११ | १२०० |
आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)
पश्चिम तराईः बिहानी पख थोरै स्थानहरुमा बाक्लो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि बिस्तारै हटेर जानेछ।
मध्य तराईः बिहानी पख पातलो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि बिस्तारै हटेर जानेछ।
पूर्व तराईः बिहानी पख बाक्लो कुहिरोको अवस्था रहे पनि मध्यान्न पछि बिस्तारै हटेर जानेछ।
*आगामी २४ घण्टा सम्म शित लहरको संभावना छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार